मुख्य समाचार
जेनजी विद्रोहपछि आह्वान गरिएको बंगलादेशको संसदीय निर्वाचनमा युवा पुस्ताले नेतृत्व गरेको दलले अपेक्षित सफलता हासिल गर्न सकेन
जेनजी विद्रोहपछि आह्वान गरिएको बंगलादेशको संसदीय निर्वाचनमा युवा पुस्ताले नेतृत्व गरेको दलले अपेक्षित सफलता हासिल गर्न सकेन

: जेनजी विद्रोहपछि आह्वान गरिएको बंगलादेशको संसदीय निर्वाचनमा युवा पुस्ताले नेतृत्व गरेको दलले अपेक्षित सफलता हासिल गर्न सकेन। ३०० सदस्यीय संसदमा नयाँ शक्ति बनेर उदाएको द नेशनल सिटिजन पार्टी (एनसीपी)ले जम्मा ६ सिटमा मात्र जित निकाल्न सक्यो। यसले सडक आन्दोलनको ऊर्जा मतमा रूपान्तरण गर्न कठिन रहेको देखाएको विश्लेषकहरूले बताएका छन्।


शुक्रबार सार्वजनिक परिणामअनुसार मतदाताले अत्यधिक रूपमा पुरानै दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)लाई रोजेका छन्। बीएनपी यसअघि तीनपटक सरकारको नेतृत्व गरिसकेको दल हो। पछिल्लो पटक बीएनपीले सन् २००१ देखि २००६ सम्म शासन गरेको थियो।

सन् २०२४ को आन्दोलनबाट उदाएको एनसीपीले पूर्वप्रधानमन्त्री शेख हसिनाको पतनपछि नयाँ राजनीतिक विकल्पका रूपमा आफूहरू आएको दाबी गर्दै आएको थियो। एनसीपीका धेरै समर्थकले इस्लामवादी दल जमात इ-इस्लामीसँग गठबन्धन गर्ने निर्णयलाई ‘विश्वासघात’ का रूपमा लिएका छन्। सुरुमा अधिकांश सिटमा प्रतिस्पर्धा गर्ने योजना बनाएको एनसीपी अन्ततः गठबन्धनमार्फत ३० सिटमा मात्र उठेको थियो। आन्दोलनका एक प्रमुख सदस्यको ढाकामा हत्या भएपछि ठूलो दलको साथ आवश्यक भएको भन्दै उसले गठबन्धन रोजेको जनाएको थियो।



विश्लेषकहरूका अनुसार निर्वाचनअघि पर्याप्त संगठन र जनाधार निर्माण गर्न नसक्नु पनि एनसीपीको कमजोर प्रदर्शनको कारण बन्यो। २३ वर्षीय विद्यार्थी सोहानुर रहमानले भने, '२०२४ को विद्रोहपछि जनताले देखेका आशा र सपनालाई एनसीपीले पूरा गर्न सकेन। जमातसँगको सहकार्यले धेरै युवालाई निराश बनायो।'

एनसीपीबाट निर्वाचित ६ जनामध्ये एक ३२ वर्षीय अधिवक्ता अब्दुल्लाह अल अमिनले पार्टीले अझ बढी सिट जित्ने अपेक्षा गरेको बताए। 'हामीले केही सिट सानो मतान्तरले गुमायौं। हाम्रो यात्रा भर्खर सुरु भएको छ,' उनले भने। यद्यपि जहाँगीरनगर विश्वविद्यालयका राजनीति प्राध्यापक शाकिल अहमदका अनुसार जमातसँगको गठबन्धनले नयाँ राजनीतिक वर्गको अपेक्षा गरेका युवालाई टाढा धकेल्यो।

'धेरैले यसलाई पुरानै राजनीतितर्फ फर्किएको रूपमा बुझे,' उनले भने। उनका अनुसार यसले तारिक रहमान नेतृत्वको बीएनपीलाई थप संगठित र सक्षम विकल्पका रूपमा प्रस्तुत गर्न सहयोग गर्‍यो।

एनसीपीका प्रवक्ता आसिफ महमुदले पार्टीले अब प्रतिपक्षमा रहेर संगठन सुदृढ गर्ने र एक वर्षपछि हुने स्थानीय तह निर्वाचनमा ध्यान केन्द्रित गर्ने बताए। पार्टी प्रमुख नाहिद इस्लामले यसअघि संगठन निर्माणका लागि पर्याप्त समय नपाएको, स्रोत अभाव र महिला तथा अल्पसंख्यक अधिकारजस्ता मुद्दामा स्पष्ट धारणा नबनिसकेको स्वीकारेका थिए।

यसैबीच, गठबन्धनको विरोधमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेकी ३१ वर्षीया चिकित्सक तस्नीम जाराले ढाकाबाट ४४ हजारभन्दा बढी मत पाए पनि बीएनपी उम्मेदवारसँग ठूलो मतान्तरले पराजित भइन्। 'सफा र इमानदार अभियानमार्फत जनताको मन जित्न सकिन्छ भन्ने देखायौं, तर बलियो संगठन बिना स्वच्छ राजनीति टिकाउन गाह्रो हुन्छ,' उनले भनिन्। जाराले बेलायत फर्केर चिकित्सा अभ्यास नगर्ने बताउँदै राजनीतिक यात्रालाई निरन्तरता दिने संकेत गरेकी छन्।
-अल्जाजिराबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम