मुख्य समाचार
बंगलादेशको नयाँ प्रधानमन्त्रीमा तारिक रहमान आउने निश्चित
बंगलादेशको नयाँ प्रधानमन्त्रीमा तारिक रहमान आउने निश्चित

— बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले सन् २०२४ को विद्रोहपछि भएको पहिलो निर्वाचनमा शुक्रबार भारी जित हासिल गरेको छ र नेता तारिक रहमान प्रधानमन्त्री बन्ने करिब निश्चित भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार बीएनपी गठबन्धनले संसद्को कुल ३०० सिटमा २१२ सिट जितेको छ भने इस्लामवादी नेतृत्वको जमात-ए-इस्लामी गठबन्धनले ७७ सिट जितेको छ । बंगलादेशको संसद्को कुल ३५० सिटमध्ये ५० सिट महिला प्रपितनिधित्वका लागि आरक्षित छ ।

मतदानको दुई दिनअघि रहमानले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरंकुश शासनकालमा पराजित भएको आफ्नो पार्टीले १७ करोड जनसंख्या भएको दक्षिण एसियाली राष्ट्रमा पुनः सत्ता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउको थियो ।

सन् २०२४ मा शेख हसिनालाई अपदस्थ गर्ने सामूहिक प्रदर्शनपछि १७ वर्षभन्दा बढी समय लन्डनको स्वनिर्वासनपछि रहमान गत डिसेम्बरमा बंगलादेश फर्किएका थिए ।

बीएनपीका प्रधानमन्त्रीका उम्मेदवार तारिक रहमान शुक्रबार पार्टीले ‘निर्णायक विजय’ पाएको निर्वाचन आयोगको तथ्यांकले देखाएपछि देशको नयाँ नेता बन्ने निश्चित भएको छ ।

बिहीबारको मतदानमा जाँदै रहमानले एक्लै शासन गर्न पर्याप्त बलियो जनादेश पाउने विश्वास व्यक्त गरेका थिए ।

रहमानले ऐतिहासिक मतदानअघि मतदातालाई मतदानमा सहभागी हुन प्रोत्साहन गर्दै भनेका थिए, 'मलाई विश्वास छ, बङ्गलादेशका जनता भोट हाल्न बाहिर आए भने षड्यन्त्र सफल हुँदैन । नयाँ लोकतन्त्रको सुरुवातका लागि सबैलाई मेरो शुभकामना छ ।' रहमान पूर्वप्रधानमन्त्री स्व. खालिदा जिया र पूर्व राष्ट्रपति स्वर्गीय जियाउर रहमानका जेठा छोरा हुन् ।

जियाउर रहमानको सन् १९८१ मा सैनिक विद्रोहका क्रममा हत्या गरिएको थियो । खालिदा जिया पतिको मृत्युपछि राजनीतिमा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम