मुख्य समाचार
जेनजी विद्रोहको भावनालाई सम्वोधन गर्न, पार्टी विधान पद्धतिलाई रुपान्तरण गरेर देश विकासको नेतृत्व लिन पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएको
जेनजी विद्रोहको भावनालाई सम्वोधन गर्न, पार्टी विधान पद्धतिलाई रुपान्तरण गरेर देश विकासको नेतृत्व लिन पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएको

: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी विद्रोहको भावनालाई सम्वोधन गर्न, पार्टी विधान पद्धतिलाई रुपान्तरण गरेर देश विकासको नेतृत्व लिन पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएको बताएका छन् ।

पाल्पामा पार्टी नेता–कार्यकर्ताहरुलाई चुनावी अभिमुखीकरण दिँदै उपसभापति शर्माले नेपाली कांग्रेसले अफ्ठेरो परिस्थितिमा देशको नेतृत्व गरेको २००७ सालदेखि २०७२ सालको इतिहासले पुष्टि गरेकाले जेनजीको भावनालाई सम्बोधन गर्न पार्टी सभापति थापालाई देशको नेतृत्व सुम्पिन लागेको दावी गरे । विशेष महाधिवेशनबाट समानुपातिक पदमा ‘एक पटक, अन्तिम पटक’ को नीति लागु गरेको बताउँदै एक पटक समानुपातिक संसद बनेको व्यक्ति अर्काे पटक बन्न नपाउने नीति कार्यान्वयन शुरु भएको बताए ।

पार्टीको अधिकारलाई विकेन्द्रिकरण गर्दै अबका निर्वाचनमा पालिकादेखि प्रदेशको टिकट पाउन काठमाडौ धाउनु पर्ने र नेताहरुको चाकडी गर्नुपर्ने बाध्यता कांग्रेसमा हटेको उपसभापति शर्माले बताए । पालिकामा वडा अध्यक्ष सदस्य पदको उम्मेदवार बन्न, वडा समितिबाटै, पालिकाको प्रमुख उपप्रमुखको उम्मेदवार बन्न पालिका समितिबाटै र प्रदेशको उम्मेदवार बन्न प्रदेश समितिबाटै, संघीय संसदको उम्मेदवार मात्र जिल्लाको सिफारिसमा केन्द्रले तय गर्ने नीति कांग्रेसमा लागु भएको उपसभापति शर्माले जानकारी गराए ।



प्रत्यक्ष निर्वाचनमा पार्टीले दुई तिहाई उम्मेदवार नयाँ उठाएको बताउँदै पार्टीबाट दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने, चार पटक भन्दा बढी संसदमा उठ्न नपाइने, तीन पटक भन्दा बढी मन्त्री पद नपाउने नीति विशेष महाधिवेशनबाट पारित भएको सोही अनुसार कार्यान्वयन गरिने उपसभापति शर्माले बताए ।

अन्य दल वा नेताको आलोचना गरेर भन्दा पनि आफ्ना राम्रा काम र एजेण्डाहरू जनतामाझ लगेर चुनाव जित्नु पर्नेमा उपसभापति शर्माले जोड दिए । अरूको सामान खराब भन्नु भन्दा आफ्नो सामानको विशेषता बताउनु नै असल राजनीति भएको शर्माले बताए ।

संसार बदल्न आफैंबाट सुरुवात गर्नुपर्छ भन्ने मान्यताका साथ कांग्रेसले आफूलाई बदल्न सुरु गरिसकेकाले र अन्य दलहरूले पनि यस्तो साहस गर्नुपर्ने उपसभापति शर्माले जोड दिए । विधि र थिति बसाल्ने, अवसरको न्यायोचित वितरण गर्ने र युवा पुस्तालाई समेट्दै पार्टीलाई आधुनिक र गतिशील बनाउने अभियानमा लाग्ने उपसभापति शर्माले दावी गरे ।

कार्यक्रममा पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दिप राना, क्षेत्र नं. २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले पाल्पाको विकास, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासको नेपाली कांग्रेसमा मतदान गर्न आम पाल्पाली मतदाताहरुलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा सडक दुर्घटना अब आकस्मिक घटना होइन, दैनिकी जस्तै बन्दै गएको छ। हरेक दिन औसत सात जनाको ज्यान जाने, सयभन्दा बढी घाइते हुने र हजारौं परिवार शोकमा डुब्ने अवस्थाले सडक सुरक्षा गम्भीर संकटमा पुगेको संकेत गर्छ। सवारी साधनको संख्या तीव्र गतिमा बढिरहँदा सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र नियमन कमजोर रहँदा दुर्घटनाको ग्राफ झन् उकालो ...
— ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको–१, बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अनियन्त्रित भई अन्दाजी पाँच सय मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ...
बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ
: गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालय र भवनमा रहेका सामानहरु आन्तरिक राजस्व कार्यालय सिमरातर्फ लैजान खोजिएपछि स्थानीय ब्यापारी आन्दोलनमा उत्रिएका छन् । रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुले सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएर अहिले बजार बन्द गरेर आन्दोलन गरिरहेका छन् । व्यापारीहरुले बाटोमा बसेर अवरोध सिर्जना गरेपछि अहिले त्यहाँ ...
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले देशको भविष्य कोर्ने भएकाले मतदान गरिदिन आग्रह