मुख्य समाचार
सोसल मिडिया र एआई प्रविधिको दुरुपयोग रोक्न सशस्त्र प्रहरी प्रमुख अर्यालको निर्देशन
सोसल मिडिया र एआई प्रविधिको दुरुपयोग रोक्न सशस्त्र प्रहरी प्रमुख अर्यालको निर्देशन

— सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले आगामी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जाल (सोसल मिडिया) र एआई प्रविधिको दुरुपयोग हुन सक्ने भन्दै सुरक्षा निकायलाई गम्भीर र सजग हुन निर्देशन दिएका छन् ।

निर्वाचनसम्बन्धी सुरक्षा अनुगमनका लागि शुक्रबार पर्वत आएका उनले जिल्ला सुरक्षा समितिका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालयका पदाधिकारीहरूसागको भेटमा सामाजिक सञ्जाल र एआईमार्फत भ्रम फैलाउने, दुष्प्रचार गर्ने तथा मतदातालाई तर्साउने गतिविधि हुन सक्ने भएकाले चनाखो बन्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जाल र एआईको दुरुपयोगमार्फत भ्रम फैलाउने तथा मतदातालाई त्रसित पार्ने प्रयास हुन सक्छ । त्यसतर्फ सुरक्षा संयन्त्र सचेत रहनुपर्छ ।’ सशस्त्र प्रहरी प्रमुख अर्यालले राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील विषयमा सजग रहँदै कानुनले दिएको अधिकार प्रयोग गर्दा मानवीय क्षति नहुने गरी कार्यसम्पादन गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

‘निर्वाचनविरोधी समूहले घरेलु बम तथा होक्स राखी मतदातालाई त्रसित पार्ने प्रयास गर्न सक्छन्,’

उनले भने, ‘त्यसअनुसार सुरक्षा रणनीति बनाइ मतदान केन्द्रको सुरक्षा, मतदान सम्पन्न भएपछि मतपेटिका तथा निर्वाचन सामग्रीको ढुवानी सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।’

यस क्रममा उनले कुश्मास्थित सशस्त्र प्रहरी बल, नेपाल नं.२५ गण हेडक्वाटर चण्डिकाको समेत निरीक्षण गरेका थिए । गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले निर्वाचन सुरक्षा तयारी, व्यवस्थापन तथा हालसम्म भएका कार्यसम्पादनबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा सडक दुर्घटना अब आकस्मिक घटना होइन, दैनिकी जस्तै बन्दै गएको छ। हरेक दिन औसत सात जनाको ज्यान जाने, सयभन्दा बढी घाइते हुने र हजारौं परिवार शोकमा डुब्ने अवस्थाले सडक सुरक्षा गम्भीर संकटमा पुगेको संकेत गर्छ। सवारी साधनको संख्या तीव्र गतिमा बढिरहँदा सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र नियमन कमजोर रहँदा दुर्घटनाको ग्राफ झन् उकालो ...
— ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको–१, बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अनियन्त्रित भई अन्दाजी पाँच सय मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ...
बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ
: गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालय र भवनमा रहेका सामानहरु आन्तरिक राजस्व कार्यालय सिमरातर्फ लैजान खोजिएपछि स्थानीय ब्यापारी आन्दोलनमा उत्रिएका छन् । रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुले सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएर अहिले बजार बन्द गरेर आन्दोलन गरिरहेका छन् । व्यापारीहरुले बाटोमा बसेर अवरोध सिर्जना गरेपछि अहिले त्यहाँ ...
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले देशको भविष्य कोर्ने भएकाले मतदान गरिदिन आग्रह