मुख्य समाचार
हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं
हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो व्यवस्था फेर्ने बन्दुक बोकेको बताउँदै अब अवस्था फेर्न आर्थिक युद्धको झण्डा बोक्ने बताएका छन् ।



जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वमा आयोजित जनभेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूहरु अझै क्रान्तिको प्रक्रियामा रहेको बताएका छन् । उनले क्रान्तिको स्वरुप फेरिएकाले अब उत्पादन र आर्थिक क्रान्तिमा लाग्ने बेला भएको बताएका छन् ।



उनले भने, ‘युद्ध जारी छ । तर अब युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछ । उत्पादन वृद्धि गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका लागि हुनेछ । भ्रष्टाचारविरुद्ध हुनेछ, पारदर्शिताका लागि हुनेछ । म त्यो नयाँ युद्ध र उत्पादन र समृद्धिको नयाँ क्रान्तिको झण्डा बोक्न फेरि एकचोटि तपाईहरूको बीचमा रुकुम पूर्वमा आइपुगेको छु ।’ उनले जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा पुग्ने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।



उनले भने, ‘थोरै विद्यार्थी र धेरै विद्यालय भन्दा ‘हब स्कुल’ को अवधारणा अनुसार आवासीय सुविधा तथा दक्ष शिक्षकसहितका विद्यालय स्थापना गरी हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता गर्छु । रुकुमको फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्छु ।’

मगर जातिको पहिचान र स्वायत्तताको विषयमा संविधानको मर्म र भावना अनुसार मगर क्लष्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी सभ्यताको विश्वव्यापी ब्राण्डिङ गर्न पहल गर्ने उनले बताएका छन् । चुनवाङ बैठकस्थल, छापामार पदमार्ग तथा जनयुद्धका स्मृतिहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यको रूपमा विकास गरी विश्वभरिका अध्येता र पर्यटकलाई आकर्षित गरिने समेत संयोजक प्रचण्डले बताएका छन् ।

उनले थपे, ‘लुम्बिनी प्रदेश सरकारद्वारा घोषित अग्र्यानिक जिल्लासम्बन्धी आवश्यक कानुन, नीति, निर्माण गरिनेछ र प्रमाणीकरण तथा बजार सुनिश्चित गरी यहाँका उत्पादनलाई प्रिमियम ब्राण्डका रूपमा शहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्‍याइने छ । देशकै गुणस्तरीय टिमुरलाई ब्राण्डिङ र स्याउ, सुन्तला, कागती लगायतका फलफूल र अग्र्यानिक तरकारी र अन्य बालीहरूको बजारीकरण गरिनेछ ।’ उनले जनयुद्धका उपलब्धि रक्षा गर्ने पक्षमा कि इतिहासको रथ उल्ट्याउन खोज्ने प्रतिक्रियावादी र प्रतिगामीहरूका पक्षमा भन्ने यो चुनाव हुन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा सडक दुर्घटना अब आकस्मिक घटना होइन, दैनिकी जस्तै बन्दै गएको छ। हरेक दिन औसत सात जनाको ज्यान जाने, सयभन्दा बढी घाइते हुने र हजारौं परिवार शोकमा डुब्ने अवस्थाले सडक सुरक्षा गम्भीर संकटमा पुगेको संकेत गर्छ। सवारी साधनको संख्या तीव्र गतिमा बढिरहँदा सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र नियमन कमजोर रहँदा दुर्घटनाको ग्राफ झन् उकालो ...
— ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको–१, बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अनियन्त्रित भई अन्दाजी पाँच सय मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ...
बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ
: गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालय र भवनमा रहेका सामानहरु आन्तरिक राजस्व कार्यालय सिमरातर्फ लैजान खोजिएपछि स्थानीय ब्यापारी आन्दोलनमा उत्रिएका छन् । रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुले सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएर अहिले बजार बन्द गरेर आन्दोलन गरिरहेका छन् । व्यापारीहरुले बाटोमा बसेर अवरोध सिर्जना गरेपछि अहिले त्यहाँ ...
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले देशको भविष्य कोर्ने भएकाले मतदान गरिदिन आग्रह