मुख्य समाचार
अमेरिकाले ट्वान्टी-२० विश्वकपमा नेदरल्यान्ड्समाथि ९३ रनको प्रभावशाली जित
अमेरिकाले ट्वान्टी-२० विश्वकपमा नेदरल्यान्ड्समाथि ९३ रनको प्रभावशाली जित

— अमेरिकाले ट्वान्टी-२० विश्वकपमा शुक्रबार नेदरल्यान्ड्समाथि ९३ रनको प्रभावशाली जित निकालेको छ ।

समूह 'ए'को चेन्नाईमा भएको खेलमा प्राप्त यो जितपछि अमेरिकाको दुई अंक भएको छ । नेदरल्यान्ड्सको भने यो दोस्रो हार हो । दुवै टिमले तीन खेल खेलको छन् र उनीहरूका लागि सुपर एटका यात्रा कठिन रहेको छ । जितका लागि १ सय ९७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स १५.५ ओभरमा १ सय ३ रन बनाएर अलआउट भयो ।

त्यसमा बास डे लिडले बनाएको २३ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो । त्यसपछि कप्तान स्कट एडवार्ड्सले २० रन थपे । अमेरिकी बलरमध्ये हरमिन सिंहले २१ रनमा चार विकेट लिए । यस्तै, साड्लनी भानले तीन र मोहम्मद मोहसिनले दुई विकेट लिए । त्यस अगाडि नेदरल्यान्ड्सले टस जितेर पहिले अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो र त्यो धेरै हदसम्म ठिक साबित भएन ।

अमेरिकाले छ विकेटमा १ सय ९६ रनको सम्मानजनक स्कोर खडा गर्न सफल रह्यो । त्यसमा साइटेजा मुक्कामल्ले ५१ बलमा ७९ रन बनाए । उनले ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, शुभम रन्जनेले २४ बलमा ४८ रन जोडे । कप्तान मोनान्क पटेलले २२ बलमा ३६ बहुमूल्य रन जोडे । समूहमा भारत र पाकिस्तान चार चार अंकमा शीर्ष दुई स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम