मुख्य समाचार
सडक दुर्घटनाबाट दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको
सडक दुर्घटनाबाट दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको

: नेपालमा सडक दुर्घटना अब आकस्मिक घटना होइन, दैनिकी जस्तै बन्दै गएको छ। हरेक दिन औसत सात जनाको ज्यान जाने, सयभन्दा बढी घाइते हुने र हजारौं परिवार शोकमा डुब्ने अवस्थाले सडक सुरक्षा गम्भीर संकटमा पुगेको संकेत गर्छ। सवारी साधनको संख्या तीव्र गतिमा बढिरहँदा सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र नियमन कमजोर रहँदा दुर्घटनाको ग्राफ झन् उकालो लाग्दै गएको देखिन्छ।



सडक दुर्घटनाबाट दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको नेपाल प्रहरीको केन्द्रीय कार्यलय अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। महाशाखाको आर्थिक वर्ष २०८१/०८२ को तथ्यांक अनुसार प्रतिदिन औसत ७९ सडक दुर्घटनामा औसत ७ जनाको मृत्यु र औसत १२१ जना घाइते हुने गरेका छन्। वार्षिक करिब २८ हजार ६९२ सडक दुर्घटनामा २ हजार ४९ को मृत्यु भएको छ, जसमा सघन घाइते ६ हजार ९७६ र साधारण घाइते ३२ हजार ३८३ छन्। सवारी दुर्घटनामा वार्षिक १७२ पशु/चौपाया मृत्यु भएको छ।



समीक्षा वर्षमा १६ लाख १६ हजार ५०८ कुल ट्राफिक नियम उल्लंघनमा १ अर्ब २८ करोड १८ लाख रुपैयाँ जरिवाना वापतको राजस्व उठेको महाशाखाको तथ्यांक छ। सडक दुर्घटनाको दर बढ्दो क्रममा रहेको छ। महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा २३ हजार ५९७ दुर्घटना , २०८०/०८१ मा २२ हजार ९२७ र २०८१/०८२ मा २८ हजार ६९२ सवारी दुर्घटना भएका छन्। वरिष्ठ प्रहरी उपरीक्षक तिवारीका अनुसार सडक दुर्घटनामा हुने क्षतिका कारण कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा करिब २ प्रतिशतको नोक्सानी हुने पनि उल्लेख गरे।



यता, नेपालमा ५८ लाखभन्दा बढी सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरलले जानकारी दिए। जसमा ठूला सवारी–२ लाख, साना तथा मझौला सवारी–८ लाख र दुईपांग्रे–४८ लाख सवारीसाधन रहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा करिब २ लाख ४० हजार नयाँ सवारी दर्ता भएका छन् जसमा मोटरसाइकलको संख्या १ लाख ९६ हजार रहेको छ। सवारीसाधनको वार्षिक वृद्धिदर ५ देखि ९ प्रतिशत हुँदा सडक पूर्वाधारमा काम हुन नसकेको विभागको भनाइ छ।

सडक सुरक्षामा सरोकारवाला छलफल
नेपालमा सडक दुर्घटना र ट्राफिक सुरक्षाको मुद्दा संवेदनशील बन्दै गएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले आयोजना गरेको काठमाडौं उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सचिव शर्माले नेपालजस्तो विकासोन्मुख मुलुकमा सडक सुरक्षा टड्कारो बन्दै गएकोले यसलाई सम्बोधन गर्न डेडिकेटेड नियमनकारी निकायको आवश्यकता औंल्याऊ। उनले मन्त्रीको नै अध्यक्षता रहने गरी रोड सेफ्टी काउन्सिललाई सक्रिय बनाउनुपर्नेमा जोड दिए। भारतीय विज्ञ डा. रोहित बालुजाले नेपाललाई आर्थिक रुपमा सबल बनाउनका लागि यातायात पूर्वाधारलाई बलियो बनाउनुपर्नेमा जोड दिए।यसका लागि क्षमतायुक्त ट्राफिक प्रशासन हुनुपर्ने भन्दै सडक दुर्घटना कम गर्न दक्ष ट्राफिक व्यवस्थापन हुनुपर्ने बताए।

ट्राफिक व्यवस्थापनमा प्रविधि र कृत्रिम बुद्धिमता (एआइ)सँगै मानव बुद्धिमत्तामा पनि लगानी बढाउनु पर्ने बताए। दक्षिणपूवी एसियामा नेपालको ट्राफिक व्यवस्थापन अनुशासित भएको भन्दै उनले प्रंशसा गरे। कार्यक्रममा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले यातायात, सवारी र ट्राफिक व्यवस्थापन बहुसरोकार निकायसँग समन्वय गर्ने विषय भएकाले सरकार, सरकारी निकायदेखि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताए। सुरक्षा निकायको सबलीकरणका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ। यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले दुर्घटनापछि बनाएका अध्ययन प्रतिवेदनको कार्यान्वयनभन्दा पनि दराजमा थन्काएर राखेको आरोप लगाए। यी प्रतिवेदन कार्यान्वयन भएको भए पछिल्ला दुर्घटना कम हुने उनको भनाइ थियो।

ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन विभिन्न प्रणालीहरू लागू गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले बताए। उनका अनुसार ट्राफिक उल्लंघन अभिलेख प्रणाली (टीभिआरएस) काठमाडौं उपत्यकामा ६ फेब्रुअरी २०२० देखि र उपत्यका बाहिर १६ जुन २०२३ देखि सञ्चालनमा आएको हो। २० अक्टोबर २०२४ देखि नागरिक एपमार्फत ई–चलान (डिजिटल चिट) प्रणाली लागू गरिएको छ । ट्राफिक उल्लंघनकर्ताका लागि अनलाइन सचेतना कक्षा सञ्चालनमा छ । ट्राफिक कम्युनिकेशन एप (टीसीए) अन्तर्गत २५० किमि वा ६ घण्टाभन्दा लामो दूरीका सार्वजनिक सवारी साधनमा दोहोरो चालक अनिवार्य गरिएको छ, जुन ११ फेब्रुअरी २०१९ देखि सुरु भई हाल ३३ चेकपोइन्ट (राजमार्ग तथा सिमाना क्षेत्र) मा लागू छ, साथै २ चेकपोइन्टमा प्रयोग भइरहेको छ।

स्वचालित नम्बर प्लेट पहिचान प्रणाली काठमाडौं उपत्यकामा १० र उपत्यका बाहिर ५६ गरी कुल ६६ स्थानमा जडान गरिएको छ । रेडियो फ्रिक्वेन्सी पहिचान गेट काठमाडौं उपत्यकाको प्रवेश बिन्दु नागढुंगा र मुड्खुमा स्थापना गरिएको छ । त्यसैगरी राडार/लिडार गन प्रयोगमा ल्याइएको छ। सीसीटिभी निगरानी प्रणालीअन्तर्गत कुल ४५० क्यामेरा जडान गरिएकामध्ये १७६ प्रयोगमा र २७४ मर्मतमा छन्। ट्राफिक बत्तीअन्तर्गत ६० ट्राफिक कन्ट्रोल लाइटमध्ये ३१ सञ्चालनमा र २९ मर्मतमा छन् भने १३ पैदल यात्री बत्तीमध्ये ४ सञ्चालनमा र ९ मर्मतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको–१, बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अनियन्त्रित भई अन्दाजी पाँच सय मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ...
बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ
: गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालय र भवनमा रहेका सामानहरु आन्तरिक राजस्व कार्यालय सिमरातर्फ लैजान खोजिएपछि स्थानीय ब्यापारी आन्दोलनमा उत्रिएका छन् । रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुले सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएर अहिले बजार बन्द गरेर आन्दोलन गरिरहेका छन् । व्यापारीहरुले बाटोमा बसेर अवरोध सिर्जना गरेपछि अहिले त्यहाँ ...
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले देशको भविष्य कोर्ने भएकाले मतदान गरिदिन आग्रह
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक धर्मनिरपेक्ष बन्नुमा नेता जतिकै दोष जनताको पनि भएको बताएका छन्। श्रीवैष्णव युवा परिषद नेपालको चौंथो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरूको मात्र नभई मतदाताको समेत दोष रहेको टिप्पणी गरेका हुन् । उनले मतदान कन्यादान भन्दा ठूलो कुरा ...