मुख्य समाचार
सैन्य अपरेशनमा पेन्टागनले एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली ‘क्लउड’ प्रयोग गरेको द वाल स्ट्रिट जर्नल र रोयटर्सका छुट्टाछुट्टै रिपोर्टहरूले खुलासा
सैन्य अपरेशनमा पेन्टागनले एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली ‘क्लउड’ प्रयोग गरेको द वाल स्ट्रिट जर्नल र रोयटर्सका छुट्टाछुट्टै रिपोर्टहरूले खुलासा

— गत महिना काराकासमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा गरिएको सैन्य अपरेशनमा पेन्टागनले एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली ‘क्लउड’ प्रयोग गरेको द वाल स्ट्रिट जर्नल र रोयटर्सका छुट्टाछुट्टै रिपोर्टहरूले खुलासा गरेका छन् ।

यसलाई सक्रिय सैन्य कारबाहीमा अमेरिकी एआई प्रणाली प्रयोग गरिएको र विश्वभरका भूराजनीतिक तनावमा बढ्दो एआई प्रयोग बलियो उदाहरणमध्ये एकका रूपमा हेरिएको छ ।

वालस्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकी रक्षा मन्त्रालयले अपरेशनको तयारीका क्रममा एकदमै ठूलो मात्रामा संकलित गुप्तचर सूचनाको विश्लेषण र संश्लेषण गर्न क्लउडको सहारा लिएको थियो । भूउपग्रह तस्बिर, जासूसी उपकरणको प्रयोगबाट थुपारिएका सञ्चार सामग्री तथा अन्य अति गोप्य डेटा स्ट्रिमहरू विश्लेषण गरी मदुरोको गतिविधि, सम्बन्धित दैनिक जीवनको ढाँचा र सम्भावित स्थानहरू पहिचान गर्न एआई प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टअनुसार उक्त प्रणालीलाई स्वचालित रूपमा आक्रमणको स्थान छनोट वा आक्रमणका लागि स्वीकृति दिनका लागि प्रयोग गरिएको थिएन, बरु निर्णय प्रक्रियाको गति बढाउन अधिकारीहरूको सहयोगी उपकरणका रूपमा प्रयोग गरिएको थियो ।

रोयटर्सले पनि वालस्ट्रिट जर्नलको रिपोर्ट उद्धृत गर्दै समाचार प्रकासित गरेको छ । अमेरिकी उच्च अधिकारीहरूले एन्थ्रोपिकद्वारा विकसित एआई प्रणाली अपरेशनका क्रममा प्रयोग गरिएको पुष्टि गरेका छन् । तर सो परिचालनबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन् ।

रोयटर्सले जनाएअनुसार, पेन्टागनले यसलाई उन्नत एआई प्रविधिहरूलाई गुप्तचर र योजना प्रक्रियामा समावेश गर्ने व्यापक प्रयासको एक हिस्साको रूपमा व्याख्या गरेको छ । यद्यपि, अन्तिम निर्णय र प्रमुख आदेश मानव सैन्य अधिकारीहरूले नै लिएको स्पष्ट पारेको छ ।

वालस्ट्रिट जर्नलका अनुसार मदुरोको उपस्थितिको पुष्टि गर्न काराकास अपरेशनमा ठूलो संख्यामा मानवलगायत अन्य प्रविधिमार्फत् गुप्तचर सामग्री संकलन र कमान्डो सैनिक प्रमुख स्थानहरूमा परिचालन गरिएका थिए । एआईको सहायतामा गरिएको विश्लेषणले कैयौं डेटा फिडहरू क्रस-रेफरेन्स गर्न र गुप्तचर पुष्टि गर्न लाग्ने समय छोट्याउन प्रमुख भूमिका खेलेको बताइएको छ । रिपोर्टका अनुसार अधिकारीहरूले एआई प्रणालीका कारण परम्परागत विधिबाट मात्र सम्भव नहुने गतिमा सूचना प्रशोधन गर्न विश्लेषकहरूलाई सहयोग गरेको बताएका छन् ।

सान फ्रान्सिस्कोमा अवस्थित एआई कम्पनी एन्थ्रोपिकले यसअघि आफ्ना मोडेलहरूको सैन्य प्रयोगबारे निश्चित शर्तहरू रहेकोमा जोड दिँदै आएको थियो । कम्पनीले आफ्ना प्रणालीहरू प्रत्यक्ष युद्ध नियन्त्रणभन्दा विश्लेषण र सारांश तयार पार्ने कार्यका लागि डिजाइन गरिएको बताएको छ ।

तर पेन्टागन वा एन्थ्रोपिकले उक्त सहकार्यको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । अमेरिकी रक्षा र सैन्य क्षेत्रमा पछिल्ला वर्षहरूमा एआई आधुनिकीकरण सम्बन्धी प्रयासका लागि अर्बौं डलर विनियोजन गरिएको छ । समाचारहरूका अनुसार लगभग १४ अर्ब अमेरिकी डलर यही एक आर्थिक वर्षका लागि माग भएको छ ।

यो खुलासाले एआई प्रयोगात्मक रक्षा कार्यक्रमबाट वास्तविक युद्ध वा सैन्य परिचालनतर्फ बढ्दै गरेको तथ्य थप स्पष्ट बनाएको छ । अमेरिकाले यसअघि ‘प्रोजेक्ट माभेन’ जस्ता प्रयासमार्फत आतंकवादविरुद्धका कारबाहीमा ड्रोन फुटेज विश्लेषण गर्न मेसिन लर्निङ प्रणाली प्रयोग गरेको थियो । इजरायलले पछिल्ला द्वन्द्वहरूमा आक्रमणको योजना र लक्ष्यसम्बन्धी डेटा प्रशोधन गर्न एआई उपकरण प्रयोग गरेको स्वीकार गरेको छ । युक्रेनले सैनिक गतिविधि ट्र्याक गर्न एआई-इन्ह्यान्स्ड तस्बिर विश्लेषण प्रणाली प्रयोग गरेको स्वीकारेको छ ।

यी सबैको अहिलेसम्म उपलब्ध व्याख्याहरूमा सम्बन्धित सरकारहरूले एआईलाई मानव निर्णय प्रक्रियाको प्रतिस्थापन होइन, काम छिटो बनाउने उपकरणका रूपमा प्रस्तुत गरेका छन् । पछिल्लो प्रवृत्तिले आधुनिक युद्धमा सूचना विश्लेषण गतिलाई निर्णायक मानिने तहको व्यापक परिवर्तनको संकेत गरेको छ । रक्षा र सैन्य विश्लेषकहरूका अनुसार समकालीन युद्धभूमिमा उपग्रह, ड्रोन, साइबर निगरानी र सञ्चार जासूसीबाट उत्पन्न हुने विशाल डेटाबाट आउने परिमाण मानवले वास्तविक समयमा प्रशोधन गर्न सक्ने क्षमताभन्दा धेरै माथि छ । एआई प्रणालीहरू गुप्तचर प्रक्रियामा समावेश हुँदा विश्लेषणको झमेलालाई घण्टाबाट मिनेटमा झार्न सकिने बताइन्छ ।

तर, व्यावसायिक रूपमा उपलब्ध चलेका मोडेलहरूलाई संवेदनशील सैन्य कारबाहीमा प्रयोग गरिँदा निगरानी र नियमनसम्बन्धी प्रश्नहरू पनि उठेका छन् । वालस्ट्रिट जर्नलका अनुसार पेन्टागनले अति संवेदनशील कार्यमा लार्ज ल्यांग्वेज मोडेलहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने परीक्षण गर्न अग्रणी एआई कम्पनीहरूसँग पाइलट कार्यक्रमहरू विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...