मुख्य समाचार
सैन्य अपरेशनमा पेन्टागनले एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली ‘क्लउड’ प्रयोग गरेको द वाल स्ट्रिट जर्नल र रोयटर्सका छुट्टाछुट्टै रिपोर्टहरूले खुलासा
सैन्य अपरेशनमा पेन्टागनले एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली ‘क्लउड’ प्रयोग गरेको द वाल स्ट्रिट जर्नल र रोयटर्सका छुट्टाछुट्टै रिपोर्टहरूले खुलासा

— गत महिना काराकासमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा गरिएको सैन्य अपरेशनमा पेन्टागनले एन्थ्रोपिकको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली ‘क्लउड’ प्रयोग गरेको द वाल स्ट्रिट जर्नल र रोयटर्सका छुट्टाछुट्टै रिपोर्टहरूले खुलासा गरेका छन् ।

यसलाई सक्रिय सैन्य कारबाहीमा अमेरिकी एआई प्रणाली प्रयोग गरिएको र विश्वभरका भूराजनीतिक तनावमा बढ्दो एआई प्रयोग बलियो उदाहरणमध्ये एकका रूपमा हेरिएको छ ।

वालस्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकी रक्षा मन्त्रालयले अपरेशनको तयारीका क्रममा एकदमै ठूलो मात्रामा संकलित गुप्तचर सूचनाको विश्लेषण र संश्लेषण गर्न क्लउडको सहारा लिएको थियो । भूउपग्रह तस्बिर, जासूसी उपकरणको प्रयोगबाट थुपारिएका सञ्चार सामग्री तथा अन्य अति गोप्य डेटा स्ट्रिमहरू विश्लेषण गरी मदुरोको गतिविधि, सम्बन्धित दैनिक जीवनको ढाँचा र सम्भावित स्थानहरू पहिचान गर्न एआई प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टअनुसार उक्त प्रणालीलाई स्वचालित रूपमा आक्रमणको स्थान छनोट वा आक्रमणका लागि स्वीकृति दिनका लागि प्रयोग गरिएको थिएन, बरु निर्णय प्रक्रियाको गति बढाउन अधिकारीहरूको सहयोगी उपकरणका रूपमा प्रयोग गरिएको थियो ।

रोयटर्सले पनि वालस्ट्रिट जर्नलको रिपोर्ट उद्धृत गर्दै समाचार प्रकासित गरेको छ । अमेरिकी उच्च अधिकारीहरूले एन्थ्रोपिकद्वारा विकसित एआई प्रणाली अपरेशनका क्रममा प्रयोग गरिएको पुष्टि गरेका छन् । तर सो परिचालनबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन् ।

रोयटर्सले जनाएअनुसार, पेन्टागनले यसलाई उन्नत एआई प्रविधिहरूलाई गुप्तचर र योजना प्रक्रियामा समावेश गर्ने व्यापक प्रयासको एक हिस्साको रूपमा व्याख्या गरेको छ । यद्यपि, अन्तिम निर्णय र प्रमुख आदेश मानव सैन्य अधिकारीहरूले नै लिएको स्पष्ट पारेको छ ।

वालस्ट्रिट जर्नलका अनुसार मदुरोको उपस्थितिको पुष्टि गर्न काराकास अपरेशनमा ठूलो संख्यामा मानवलगायत अन्य प्रविधिमार्फत् गुप्तचर सामग्री संकलन र कमान्डो सैनिक प्रमुख स्थानहरूमा परिचालन गरिएका थिए । एआईको सहायतामा गरिएको विश्लेषणले कैयौं डेटा फिडहरू क्रस-रेफरेन्स गर्न र गुप्तचर पुष्टि गर्न लाग्ने समय छोट्याउन प्रमुख भूमिका खेलेको बताइएको छ । रिपोर्टका अनुसार अधिकारीहरूले एआई प्रणालीका कारण परम्परागत विधिबाट मात्र सम्भव नहुने गतिमा सूचना प्रशोधन गर्न विश्लेषकहरूलाई सहयोग गरेको बताएका छन् ।

सान फ्रान्सिस्कोमा अवस्थित एआई कम्पनी एन्थ्रोपिकले यसअघि आफ्ना मोडेलहरूको सैन्य प्रयोगबारे निश्चित शर्तहरू रहेकोमा जोड दिँदै आएको थियो । कम्पनीले आफ्ना प्रणालीहरू प्रत्यक्ष युद्ध नियन्त्रणभन्दा विश्लेषण र सारांश तयार पार्ने कार्यका लागि डिजाइन गरिएको बताएको छ ।

तर पेन्टागन वा एन्थ्रोपिकले उक्त सहकार्यको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । अमेरिकी रक्षा र सैन्य क्षेत्रमा पछिल्ला वर्षहरूमा एआई आधुनिकीकरण सम्बन्धी प्रयासका लागि अर्बौं डलर विनियोजन गरिएको छ । समाचारहरूका अनुसार लगभग १४ अर्ब अमेरिकी डलर यही एक आर्थिक वर्षका लागि माग भएको छ ।

यो खुलासाले एआई प्रयोगात्मक रक्षा कार्यक्रमबाट वास्तविक युद्ध वा सैन्य परिचालनतर्फ बढ्दै गरेको तथ्य थप स्पष्ट बनाएको छ । अमेरिकाले यसअघि ‘प्रोजेक्ट माभेन’ जस्ता प्रयासमार्फत आतंकवादविरुद्धका कारबाहीमा ड्रोन फुटेज विश्लेषण गर्न मेसिन लर्निङ प्रणाली प्रयोग गरेको थियो । इजरायलले पछिल्ला द्वन्द्वहरूमा आक्रमणको योजना र लक्ष्यसम्बन्धी डेटा प्रशोधन गर्न एआई उपकरण प्रयोग गरेको स्वीकार गरेको छ । युक्रेनले सैनिक गतिविधि ट्र्याक गर्न एआई-इन्ह्यान्स्ड तस्बिर विश्लेषण प्रणाली प्रयोग गरेको स्वीकारेको छ ।

यी सबैको अहिलेसम्म उपलब्ध व्याख्याहरूमा सम्बन्धित सरकारहरूले एआईलाई मानव निर्णय प्रक्रियाको प्रतिस्थापन होइन, काम छिटो बनाउने उपकरणका रूपमा प्रस्तुत गरेका छन् । पछिल्लो प्रवृत्तिले आधुनिक युद्धमा सूचना विश्लेषण गतिलाई निर्णायक मानिने तहको व्यापक परिवर्तनको संकेत गरेको छ । रक्षा र सैन्य विश्लेषकहरूका अनुसार समकालीन युद्धभूमिमा उपग्रह, ड्रोन, साइबर निगरानी र सञ्चार जासूसीबाट उत्पन्न हुने विशाल डेटाबाट आउने परिमाण मानवले वास्तविक समयमा प्रशोधन गर्न सक्ने क्षमताभन्दा धेरै माथि छ । एआई प्रणालीहरू गुप्तचर प्रक्रियामा समावेश हुँदा विश्लेषणको झमेलालाई घण्टाबाट मिनेटमा झार्न सकिने बताइन्छ ।

तर, व्यावसायिक रूपमा उपलब्ध चलेका मोडेलहरूलाई संवेदनशील सैन्य कारबाहीमा प्रयोग गरिँदा निगरानी र नियमनसम्बन्धी प्रश्नहरू पनि उठेका छन् । वालस्ट्रिट जर्नलका अनुसार पेन्टागनले अति संवेदनशील कार्यमा लार्ज ल्यांग्वेज मोडेलहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने परीक्षण गर्न अग्रणी एआई कम्पनीहरूसँग पाइलट कार्यक्रमहरू विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम