: तिनाउँ गाउँपालिका–३ दोभान सडकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख १८८३ नम्बरको टिपरले लु ४९ प ७७९५ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक जना पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमबहादुर चौधरीले बताए । दोभान प्रहरी चौकीका अनुसार घाइते अवस्थामा सडकबाट उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएको भए पनि दुबैको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
मृतक दुबैको आधिकारिक रुपमा सनाखत भइनसकेको भए पनि मृतकको साथमा गुल्मी पुर्तिघाट निवासी मिलन सार्कीको काजगात भेटिएको छ । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।