मुख्य समाचार
जर्मन चान्सलर फ्रेडरिक मर्जले अहिले विधिमा आधारित विश्व व्यवस्थाबाट संसार नचलेको बताएका छन्
जर्मन चान्सलर फ्रेडरिक मर्जले अहिले विधिमा आधारित विश्व व्यवस्थाबाट संसार नचलेको बताएका छन्

— जर्मन चान्सलर फ्रेडरिक मर्जले अहिले विधिमा आधारित विश्व व्यवस्थाबाट संसार नचलेको बताएका छन् । म्युनिख सुरक्षा सम्मेलनको उद्घाटन गर्दै उनले विद्यमान व्यवस्थामा कसैको सुरक्षाको ग्यारेन्टी नरहेको बताए ।

युरोप र अमेरिकाबीच गहिरो खाडल सिर्जना भएको उनको भनाइ छ । म्युनिख सम्मेलनमा लगभग ५० विश्व नेताहरू उपस्थित हुँदै छन् । यहाँ युरोपेली सुरक्षा र अन्तर-एटलान्टिक सम्बन्धको भविष्यको बारेमा छलफल गरिनेछ ।

नेटोको सैन्य गठबन्धनप्रति अमेरिकी प्रतिबद्धतामा प्रश्न उठिरहेका बेला यो सम्मलेन आयोजना भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई गाभ्ने तयारी गरेपछि त्यसको विरोधमा युरोपेली शक्तिहरुले डेनमार्कलाई साथ दिएका थिए । ग्रिनल्यान्ड डेनमार्कको स्वशासित भूभाग हो ।

ट्रम्पले शुक्रबार पनि ग्रिनल्यान्ड लिएरै छाड्ने बताएका थिए । सैन्य बल प्रयोग गर्ने आफ्नो विगतको अभिव्यक्ती सच्याउँदै उनले अहिले वार्तामार्फत यो क्षेत्र लिने बताइरहेका छन् । ‘ग्रिनल्यान्ड हामीलाई चाहिन्छ । हामी युरोपसँग धेरै राम्रोसँग मिल्छौं । त्यसैले हामी अहिले ग्रीनल्याण्डको लागि वार्ता गरिरहेका छौं ,’ उनले ह्वाइटहाउसबाहिर पत्रकारहरुसँग भने ।

रुस–युक्रेन युद्ध, पश्चिमा राष्ट्र र चीनबीचको तनाव,सम्भावित इरान–अमेरिका आणविक सम्झौतालगायत विषयबारे पनि म्युनिख सम्मेलनमा छलफल हुनेछ ।

मर्जले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंसँग संयुक्त युरोपेली आणविक कार्यक्रमलाई अघि बढाउने विषयमा ‘गोप्य वार्ता’ भइरहेको पनि खुलासा गरे । तर, विस्तृत विवरण खुलाएनन् ।

युरोपमा फ्रान्स र बेलायत मात्र दुई आणविक शक्ति राष्ट्र हुन् जर्मनी र अन्य धेरै युरोपेली राष्ट्रहरु अमेरिकी आणविक छातामुनी छन् । ती राष्ट्रहरुमा अमेरिकाका आणविक हतियार स्टेसन छन् ।

शुक्रबारपछि सम्मेलनलाई सम्बोधन गर्दै म्याक्रोंले नयाँ विश्वव्यापी सन्दर्भमा युरोपले फेरि भूराजनीतिक शक्ति बन्नुपर्ने बताए । सन् २०२२ मा रुसले आक्रमण गरेदेखि नै युरोपले सुरक्षा क्षेत्रमा गहिरो सहकार्य गरिरहेको उनले बताए । उनले अझै ठूलो सामुहिकताको आवश्यकता रहेको बताए ।

‘युक्रेनको युद्धलाई युरोपको अस्तित्वगत चुनौती हो । कोही पनि युरोपेली देश रुसी मागमा नझुक्न आग्रह गर्दछु । बरु, न्यायपूर्ण शान्ति प्राप्त गर्न मस्कोमाथि दबाब बढाउन आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम