मुख्य समाचार
जर्मन चान्सलर फ्रेडरिक मर्जले अहिले विधिमा आधारित विश्व व्यवस्थाबाट संसार नचलेको बताएका छन्
जर्मन चान्सलर फ्रेडरिक मर्जले अहिले विधिमा आधारित विश्व व्यवस्थाबाट संसार नचलेको बताएका छन्

— जर्मन चान्सलर फ्रेडरिक मर्जले अहिले विधिमा आधारित विश्व व्यवस्थाबाट संसार नचलेको बताएका छन् । म्युनिख सुरक्षा सम्मेलनको उद्घाटन गर्दै उनले विद्यमान व्यवस्थामा कसैको सुरक्षाको ग्यारेन्टी नरहेको बताए ।

युरोप र अमेरिकाबीच गहिरो खाडल सिर्जना भएको उनको भनाइ छ । म्युनिख सम्मेलनमा लगभग ५० विश्व नेताहरू उपस्थित हुँदै छन् । यहाँ युरोपेली सुरक्षा र अन्तर-एटलान्टिक सम्बन्धको भविष्यको बारेमा छलफल गरिनेछ ।

नेटोको सैन्य गठबन्धनप्रति अमेरिकी प्रतिबद्धतामा प्रश्न उठिरहेका बेला यो सम्मलेन आयोजना भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई गाभ्ने तयारी गरेपछि त्यसको विरोधमा युरोपेली शक्तिहरुले डेनमार्कलाई साथ दिएका थिए । ग्रिनल्यान्ड डेनमार्कको स्वशासित भूभाग हो ।

ट्रम्पले शुक्रबार पनि ग्रिनल्यान्ड लिएरै छाड्ने बताएका थिए । सैन्य बल प्रयोग गर्ने आफ्नो विगतको अभिव्यक्ती सच्याउँदै उनले अहिले वार्तामार्फत यो क्षेत्र लिने बताइरहेका छन् । ‘ग्रिनल्यान्ड हामीलाई चाहिन्छ । हामी युरोपसँग धेरै राम्रोसँग मिल्छौं । त्यसैले हामी अहिले ग्रीनल्याण्डको लागि वार्ता गरिरहेका छौं ,’ उनले ह्वाइटहाउसबाहिर पत्रकारहरुसँग भने ।

रुस–युक्रेन युद्ध, पश्चिमा राष्ट्र र चीनबीचको तनाव,सम्भावित इरान–अमेरिका आणविक सम्झौतालगायत विषयबारे पनि म्युनिख सम्मेलनमा छलफल हुनेछ ।

मर्जले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंसँग संयुक्त युरोपेली आणविक कार्यक्रमलाई अघि बढाउने विषयमा ‘गोप्य वार्ता’ भइरहेको पनि खुलासा गरे । तर, विस्तृत विवरण खुलाएनन् ।

युरोपमा फ्रान्स र बेलायत मात्र दुई आणविक शक्ति राष्ट्र हुन् जर्मनी र अन्य धेरै युरोपेली राष्ट्रहरु अमेरिकी आणविक छातामुनी छन् । ती राष्ट्रहरुमा अमेरिकाका आणविक हतियार स्टेसन छन् ।

शुक्रबारपछि सम्मेलनलाई सम्बोधन गर्दै म्याक्रोंले नयाँ विश्वव्यापी सन्दर्भमा युरोपले फेरि भूराजनीतिक शक्ति बन्नुपर्ने बताए । सन् २०२२ मा रुसले आक्रमण गरेदेखि नै युरोपले सुरक्षा क्षेत्रमा गहिरो सहकार्य गरिरहेको उनले बताए । उनले अझै ठूलो सामुहिकताको आवश्यकता रहेको बताए ।

‘युक्रेनको युद्धलाई युरोपको अस्तित्वगत चुनौती हो । कोही पनि युरोपेली देश रुसी मागमा नझुक्न आग्रह गर्दछु । बरु, न्यायपूर्ण शान्ति प्राप्त गर्न मस्कोमाथि दबाब बढाउन आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...