मुख्य समाचार
नेपाल भू–राजनीतिक चक्रब्युहमा फसिसकेको दाबी
नेपाल भू–राजनीतिक चक्रब्युहमा फसिसकेको दाबी

: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल भू–राजनीतिक चक्रब्युहमा फसिसकेको दाबी गरेका छन् । काठमाडौं–२ मा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले देश ठीक दिशामा नगइराखेको छैन मात्र नभई आज नेपालको निर्णय अधिकार नेपाली जनताको हातबाट बाहिर गइसकेको बताए ।

उनले भने, ‘नेपाल भू–राजनीतिक चक्रब्युहमा फस्यो । अब यसबाट उम्किन गाह्रो छ मात्रै होइन, तरिका मिलेन भने हाम्रो राष्ट्रियता समाप्त हुन सक्छ, खतरातर्फ उन्मुख भइराखेको छ । त्यसैले हामीले मत फेर्नु पर्‍यो । अहिले नयाँ भन्ने हावा चलेको छ । नयाँ केलाई भन्ने ? अनुहारलाई ? उमेरलाई ? कि विचारलाई ?’

उनले देशको अभिशापको रूपमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘गणतन्त्र ठीक छ, यही धर्मनिरपेक्षता ठीक छ, यही संघीयता ठीक छ, यसमा मान्छे फेरे हुन्छ भनेर भन्ने हो त कांग्रेस, एमाले, माओवादी जस्तै हो । त्यो त तातो तावाबाट उम्केर भुङ्ग्रोमा परेको माछा जस्तो हुन्छ । त्यसकारण विचारले नयाँ, विचारले विकल्प कसले ल्याएको छ ? कुन पार्टीले बोकेको छ ? कुन उम्मेदवारले बोकेको छ ? त्यो कुरालाई हेरेर मतदान गर्नुप¥यो ।’


अध्यक्ष लिङदेनले जनताले फेसबुक, टिकटक, रिल हेरेर आफ्नो धारणा बनाए त्यो भन्दा दुर्भाग्य अर्को हुनै नसक्ने बताएका छन् । उनले आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ भनेर विदेशीहरूले योजना बनाइरहेको आरोप समेत लगाएका छन् ।

उनले थपे, ‘आज कति मान्छेहरूले भन्छ, कुन पार्टी विदेशीले बनाई दियो हो राजेन्द्रजी को मान्छे चाहिँ विदेशीबाट परिचालित हो भनेर भन्छ । आज कसलाई थाहा छैन ? आज विदेशीहरूको चलखेल नेपालमा कुन ढङ्गले बढेको छ ? आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ भन्ने कुरा अरूले योजना बनाइदिन थालिसक्यो । को–को मिल्नु पर्छ, को–को छुट्टिनु पर्छ भन्नेसम्म बन्दोबस्ती अरूले गर्दिन थाल्यो । यसले हामीलाई कहाँ लान्छ ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रचारप्रसार गर्न घरदैलो अभियान संचालनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। रोल्पास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम संचालन गरेको आरोप लागेको हो। चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको पुनमाथि ...
— इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको ज्यान गएको छ । घरायसी विवादका कारण २९ वर्षीया अञ्जली चेम्जोङ राई र उनका काकाकी छोरी ३७ वर्षीया पुष्पा चेम्जोङ राईबीच झगडा हुँदा बहिनी अञ्जलीको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार दिउँसो १ बजे दिदीबहिनीबीच झगडा भएको थियो । विवाद चर्केर कपाल लुछालुछ हुँदा ...
— प्रहरीले निर्वाचन विरोधी पोस्टर टाँस्दै गरेका एक युवकलाई वीरगन्जबाट पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१६ भन्सार क्षेत्रमा बस्ने २० वर्षीय विधान पुलामी मगरलाई शुक्रबार नियन्त्रणमा लिएको हो । मगरले सार्वजनिक स्थानमा निर्वाचन विरोधी सामग्री टाँसेर वातावरण बिथोल्ने प्रयास गरेको सूचनाका ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू मतदानको आधार नबन्ने स्पष्ट पारेको छ। शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चुनाबी आकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताए। उनले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने धारणा राखे। प्रवक्ता ...
ओलीलाई किन दिने मत ? एमालेले अघि सार्‍यो ३५ कारण