मुख्य समाचार
ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत (एयरक्राप्ट क्यारियर) पठाउने निर्णय
ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत (एयरक्राप्ट क्यारियर) पठाउने निर्णय

— अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत (एयरक्राप्ट क्यारियर) पठाउने निर्णय लिएका छन्। यस विमानवाहक पोतको नाम ‘यूएसएस जेराल्ड आर फोर्ड’ हो र यो पहिले नै मध्यपूर्वमा रहेका अन्य युद्धपोतहरूसँगै सञ्चालनमा जानेछ ।

यसले अमेरिकाको केन्द्रीय कमान क्षेत्रमा दुई विमानवाहक समूहको उपस्थिती सुनिश्चित गर्नेछ । राष्ट्रपति ट्रम्पले यस कदमको उद्देश्य इरानमाथि नयाँ परमाणु सम्झौता गर्न सकारात्मक दबाब सिर्जना गर्नु रहेको बताएका छन् । उनले यदि इरानसँगको सम्झौता असफल भएमा यो पोत आवश्यक पर्न सक्ने बताएका छन्।

उनले इरानमा सत्ता परिवर्तन सबैभन्दा राम्रो विकल्प हुनसक्छ भन्ने संकेत पनि गरेका छन्। पछिल्ला केही महिनामा इरानमा देशव्यापी प्रदर्शनहरू भएका छन्, जसमा नागरिकहरूले सरकारको विरोधमा आन्दोलित हुनु भएको छ र त्यसमा सरकारको प्रतिक्रिया र नियन्त्रणका कारण तनाव बढेको छ । यी परिस्थितिहरूले इरानको आन्तरिक राजनीतिमा केही दबाब सिर्जना गरेको देखिन्छ ।

यस कदमले मध्यपूर्वमा क्षेत्रीय सुरक्षा र कूटनीतिक सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ । अमेरिकी सैन्य विस्तारले इरानमाथि दबाब सिर्जना गरेको भए पनि सम्भावित द्वन्द्वको जोखिम बढेको देखिन्छ । विशेषज्ञहरूले यसलाई इरानसँगको कूटनीतिक संवादलाई सुदृढ बनाउने र आवश्यक परे सावधानीपूर्वक सैन्य विकल्प तयारी गर्ने उपायका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चारित्रिक आचरणसम्बन्धी विवादमा परेका भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले विवादका कारण सरकार र देशको छविमा असर पर्न सक्ने भन्दै नैतिक आधारमा पद त्यागेको बताइएको छ। एक महिलाले गृहमन्त्री छिरिङविरुद्ध उजुरी दिँदै वैवाहिक अवस्थाबारे आफूलाई गलत जानकारी दिइएको तथा व्यक्तिगत सम्बन्धका क्रममा व्यावसायिक सुविधा र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएकी थिइन्। उजुरीसँग निजी म्यासेज ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा इरानको डरका कारण आफूले विमान बदलेको कुरा स्वीकार गरेका छन्। पत्रकारहरूसँगको कुराकानीमा उनले नाटो शिखर सम्मेलनमा भाग लिन जाँदा प्रयोग गरेको विमानमाथि आक्रमणको सबैभन्दा बढी खतरा रहेको स्वीकारेका हुन् । ट्रम्पले सुरक्षा कारणले गर्दा आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि बताए। ‘यदि कुनै आक्रमण हुन्थ्यो भने ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीएमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझावअनुसार आफू अर्को विमानमा सरेको बताए। ‘उनीहरूले मलाई अर्को उडान, अर्को विमानमा जान भनेका थिए। मैले उनीहरूले भनेअनुसार ...
: इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको कार्यालयले महत्वपूर्ण पदहरूमा नयाँ नियुक्तिहरूको घोषणा गरेको छ । यसअन्तर्गत लामो समय युद्ध कमान्डरका रूपमा काम गरेका र राजनीतिमा पनि प्रभावशाली व्यक्ति मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा निकायको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का १६ वर्षसम्म कमान्डर–इन–चीफ रहेका रेजाईलाई आइतबार सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् ...
: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्ति माग गरेका छन् । तेहरानले अमेरिकाबाट युद्ध क्षतिपूर्ति प्राप्त भएपछि मात्रै होर्मुज जलडमरूमध्य पुनः खोल्ने शर्त राखेपछि ट्रम्पले इरानबाटै क्षतिपूर्ति माग गरेका हुन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले विगत ५० वर्षमा पुर्‍याएको क्षतिको क्षतिपूर्ति अमेरिकाले माग्ने बताएका छन् । उनले तेहरानको मागको जवाफस्वरूप आफूहरूले यस्तो ...