मुख्य समाचार
बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तारिक रहमानले निर्वाचनपछि बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित
बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तारिक रहमानले निर्वाचनपछि बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित

— बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तारिक रहमानले निर्वाचनपछि बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित भएको बताएका छन् ।

'यो विजय ती जनताको हो जसले लोकतन्त्रका लागि बलिदान गरे," तारिकले ढाकाको एक होटेलमा आयोजित प्रेस सम्मेलनमा चुनावपछिको सम्बोधनमा भने ।

संसदीय निर्वाचनमा प्रत्यक्षतर्फका ३ सयमध्ये २ सय ९७ क्षेत्रको नतिजा सार्वजनिक हुँदा उनको पार्टीले दुई-तिहाई सिट ल्याएको छ । बीएनपीले २ सय ९ सिटमा विजय हासिल गरेको हो । प्रमुख प्रतिपक्षी जमात्-ई-ईस्लामीले ६८ सिटमात्रै ल्याएको छ ।

'हाम्रो आफ्नै बाटो हुनसक्छ । मतभेद हुन सक्छन् तर देशको हितका लागि हामी एकजुट रहनुपर्छ । राष्ट्रिय एकता हाम्रो सामूहिक शक्ति हो भने विभाजन हाम्रो कमजोरी हो,' उनले थपे ।

'आजदेखि हामी सबै स्वतन्त्र छौं, स्वतन्त्रता र अधिकारको सच्चा सार पुनर्स्थापित भएको छ,' उनले भने ।

विगतको अवामी लिगको तानाशाही शासनले छाडेर गएको कमजोर अर्थव्यवस्था, कमजोर संविधान र संस्थाहरूहरूलाई सुदृढ गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

'तपाईंहरूको स्वतःस्फूर्त सहभागिताले डेढ दशकभन्दा बढी समयपछि प्रत्यक्ष मतदानमार्फत जनताप्रति उत्तरदायी संसद् र सरकार पुनर्स्थापित भएको छ,' उनले भने, 'देशमा कुनै दुष्ट शक्तिले फेरि एकतन्त्रिय शासन पुनर्स्थापित गर्न नसकोस् र राष्ट्रलाई अधीन नपरोस् भन्ने सुनिश्चित गर्न हामी एकजुट रहनुपर्छ । जनताको इच्छालाई कायम राख्नुपर्छ ।'

तारिकले निर्वाचनमा कुल ५१ राजनीतिक दलहरू सहभागी भएको बताए । उनले आगामी यात्रामा साथ दिन सबै दलहरूलाई आग्रह गरे ।

'लोकतान्त्रिक राज्य र राजनीतिक प्रणालीमा राजनीतिक दलहरू लोकतन्त्रका सच्चा किरण हुन् । यदि सरकार र विपक्षी दुवैले आफ्नो-अपनो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्छन् भने देशमा लोकतन्त्र निश्चित रूपले संस्थागत रूप लिनेछ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...