मुख्य समाचार
बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तारिक रहमानले निर्वाचनपछि बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित
बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तारिक रहमानले निर्वाचनपछि बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित

— बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तारिक रहमानले निर्वाचनपछि बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित भएको बताएका छन् ।

'यो विजय ती जनताको हो जसले लोकतन्त्रका लागि बलिदान गरे," तारिकले ढाकाको एक होटेलमा आयोजित प्रेस सम्मेलनमा चुनावपछिको सम्बोधनमा भने ।

संसदीय निर्वाचनमा प्रत्यक्षतर्फका ३ सयमध्ये २ सय ९७ क्षेत्रको नतिजा सार्वजनिक हुँदा उनको पार्टीले दुई-तिहाई सिट ल्याएको छ । बीएनपीले २ सय ९ सिटमा विजय हासिल गरेको हो । प्रमुख प्रतिपक्षी जमात्-ई-ईस्लामीले ६८ सिटमात्रै ल्याएको छ ।

'हाम्रो आफ्नै बाटो हुनसक्छ । मतभेद हुन सक्छन् तर देशको हितका लागि हामी एकजुट रहनुपर्छ । राष्ट्रिय एकता हाम्रो सामूहिक शक्ति हो भने विभाजन हाम्रो कमजोरी हो,' उनले थपे ।

'आजदेखि हामी सबै स्वतन्त्र छौं, स्वतन्त्रता र अधिकारको सच्चा सार पुनर्स्थापित भएको छ,' उनले भने ।

विगतको अवामी लिगको तानाशाही शासनले छाडेर गएको कमजोर अर्थव्यवस्था, कमजोर संविधान र संस्थाहरूहरूलाई सुदृढ गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

'तपाईंहरूको स्वतःस्फूर्त सहभागिताले डेढ दशकभन्दा बढी समयपछि प्रत्यक्ष मतदानमार्फत जनताप्रति उत्तरदायी संसद् र सरकार पुनर्स्थापित भएको छ,' उनले भने, 'देशमा कुनै दुष्ट शक्तिले फेरि एकतन्त्रिय शासन पुनर्स्थापित गर्न नसकोस् र राष्ट्रलाई अधीन नपरोस् भन्ने सुनिश्चित गर्न हामी एकजुट रहनुपर्छ । जनताको इच्छालाई कायम राख्नुपर्छ ।'

तारिकले निर्वाचनमा कुल ५१ राजनीतिक दलहरू सहभागी भएको बताए । उनले आगामी यात्रामा साथ दिन सबै दलहरूलाई आग्रह गरे ।

'लोकतान्त्रिक राज्य र राजनीतिक प्रणालीमा राजनीतिक दलहरू लोकतन्त्रका सच्चा किरण हुन् । यदि सरकार र विपक्षी दुवैले आफ्नो-अपनो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्छन् भने देशमा लोकतन्त्र निश्चित रूपले संस्थागत रूप लिनेछ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम