मुख्य समाचार
ट्रम्पले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश
ट्रम्पले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममाथि दबाब बढाउँदै दोस्रो विमानवाहक युद्धपोत मध्यपूर्व पठाउन लागेको समाचार संस्था अल जजिराले लेखेको छ ।

शुक्रबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले यूएसएस जेराल्ड आर फोर्ड क्यारिबियनबाट ‘चाँडै’ मध्यपूर्वतर्फ प्रस्थान गर्ने पुष्टि गरेका छन् । ओमानमा गत साता भएका अप्रत्यक्ष वार्तापछि क्षेत्रीय तनाव उच्च रहँदै आएको छ । ‘हामीलाई आवश्यक परे, हामीसँग अत्यन्त ठूलो सैन्य शक्ति तयार हुनेछ’, ट्रम्पले भने । उनले वार्ता ‘सफल’ हुने विश्वास व्यक्त गर्दै इरानले सम्झौता गर्न असफल भए ‘इरानका लागि त्यो नराम्रो दिन हुने’ चेतावनी दिए ।

पछि ट्रम्पले इरानमा शासन परिवर्तन हुनु ‘हुन सक्ने सबैभन्दा राम्रो कुरा’ हुने बताए । ‘४७ वर्षदेखि उनीहरू कुरा गर्दै आएका छन् । यसबीचमा हामीले धेरै ज्यान गुमाएका छौं’, उनले भने । यो अभिव्यक्ति तेहरानले हालैका सरकारविरोधी प्रदर्शनहरू दमन गर्दा हजारौंको ज्यान गएको घटनातर्फ संकेत गरेको मानिन्छ ।


जेराल्ड आर फोर्डको आसन्न प्रस्थान क्षेत्रीय सैन्य जमघटको निरन्तरता हो । यसअघि अब्राहम लिंकन विमानवाहक युद्धपोत, थुप्रै निर्देशित क्षेप्यास्त्र विनाशक जहाजहरू, लडाकु विमानहरू र निगरानी विमानहरू पनि पठाइसकिएको छ । ट्रम्पका यी अभिव्यक्तिहरू केही दिनअघि उनले वासिङ्टनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरेपछि आएका हुन् । नेतान्याहुले ‘राम्रो सम्झौता’ अपेक्षित रहेको बताए पनि कुनै पनि सम्झौताले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई पनि सीमित नगरे असन्तुष्टि रहने बताएका थिए । तेहरानले भने क्षेप्यास्त्रबारे छलफल गर्न अमेरिकी दबाबलाई सार्वजनिक रूपमा अस्वीकार गरेको छ ।

जुन महिनामा इजरायल र इरानबीच १२ दिने युद्ध भएपछि नेतान्याहुले थप सैन्य कारबाहीको माग गर्दै आएका छन् । उक्त युद्धमा अमेरिकाले पनि तीन इरानी आणविक स्थलमाथि आक्रमण गर्दै छोटो समयका लागि सहभागिता जनाएको थियो । उक्त सैन्य अभियानलाई ‘मिडनाइट ह्यामर’ नाम दिइएको थियो ।

अमेरिका–इरानबीचका यी अप्रत्यक्ष वार्ताहरू जुनको द्वन्द्वपछि पहिलो पटक भएका हुन् । यसअघि तेहरान र वासिङ्टनबीच Joint Comprehensive Plan of Action को विकल्पबारे वार्ता हुँदै आएको थियो, जसबाट ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बाहिरिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...