मुख्य समाचार
ट्रम्पले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश
ट्रम्पले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममाथि दबाब बढाउँदै दोस्रो विमानवाहक युद्धपोत मध्यपूर्व पठाउन लागेको समाचार संस्था अल जजिराले लेखेको छ ।

शुक्रबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले यूएसएस जेराल्ड आर फोर्ड क्यारिबियनबाट ‘चाँडै’ मध्यपूर्वतर्फ प्रस्थान गर्ने पुष्टि गरेका छन् । ओमानमा गत साता भएका अप्रत्यक्ष वार्तापछि क्षेत्रीय तनाव उच्च रहँदै आएको छ । ‘हामीलाई आवश्यक परे, हामीसँग अत्यन्त ठूलो सैन्य शक्ति तयार हुनेछ’, ट्रम्पले भने । उनले वार्ता ‘सफल’ हुने विश्वास व्यक्त गर्दै इरानले सम्झौता गर्न असफल भए ‘इरानका लागि त्यो नराम्रो दिन हुने’ चेतावनी दिए ।

पछि ट्रम्पले इरानमा शासन परिवर्तन हुनु ‘हुन सक्ने सबैभन्दा राम्रो कुरा’ हुने बताए । ‘४७ वर्षदेखि उनीहरू कुरा गर्दै आएका छन् । यसबीचमा हामीले धेरै ज्यान गुमाएका छौं’, उनले भने । यो अभिव्यक्ति तेहरानले हालैका सरकारविरोधी प्रदर्शनहरू दमन गर्दा हजारौंको ज्यान गएको घटनातर्फ संकेत गरेको मानिन्छ ।


जेराल्ड आर फोर्डको आसन्न प्रस्थान क्षेत्रीय सैन्य जमघटको निरन्तरता हो । यसअघि अब्राहम लिंकन विमानवाहक युद्धपोत, थुप्रै निर्देशित क्षेप्यास्त्र विनाशक जहाजहरू, लडाकु विमानहरू र निगरानी विमानहरू पनि पठाइसकिएको छ । ट्रम्पका यी अभिव्यक्तिहरू केही दिनअघि उनले वासिङ्टनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरेपछि आएका हुन् । नेतान्याहुले ‘राम्रो सम्झौता’ अपेक्षित रहेको बताए पनि कुनै पनि सम्झौताले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई पनि सीमित नगरे असन्तुष्टि रहने बताएका थिए । तेहरानले भने क्षेप्यास्त्रबारे छलफल गर्न अमेरिकी दबाबलाई सार्वजनिक रूपमा अस्वीकार गरेको छ ।

जुन महिनामा इजरायल र इरानबीच १२ दिने युद्ध भएपछि नेतान्याहुले थप सैन्य कारबाहीको माग गर्दै आएका छन् । उक्त युद्धमा अमेरिकाले पनि तीन इरानी आणविक स्थलमाथि आक्रमण गर्दै छोटो समयका लागि सहभागिता जनाएको थियो । उक्त सैन्य अभियानलाई ‘मिडनाइट ह्यामर’ नाम दिइएको थियो ।

अमेरिका–इरानबीचका यी अप्रत्यक्ष वार्ताहरू जुनको द्वन्द्वपछि पहिलो पटक भएका हुन् । यसअघि तेहरान र वासिङ्टनबीच Joint Comprehensive Plan of Action को विकल्पबारे वार्ता हुँदै आएको थियो, जसबाट ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बाहिरिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम