मुख्य समाचार
वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने
वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने

— नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट लले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने बताएका छन् ।

नेपालले आइतबार वानखेडेमा हुने आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्दैछ । त्यसअघि शनिबार मिडियासामु प्रस्तुत हुने क्रममा लले त्यस नेपालले सक्दो धेरे राम्रो गर्नु पनि स्वीकारे । उनले वेस्ट इन्डिजविरुद्धको खेलमा आफ्नो ध्यान नतिजामा भन्दा टिमको प्रदर्शनमा केन्द्रित हुने पनि बताए ।

उनले भने, ‘इटालीविरुद्धको खेल वास्तवमै निराजशान रह्यो । इंग्ल्यान्डविरुद्ध पहिलो खेलमा जसरी खेलेका थियौं, त्यसको ठीक विपरितको खेल रह्यो । त्यस हारमा माफि दिन सकिन्न । हामीले त्यस खेलपछि खेलाडीसँग कुराकानी गरेका छौं । वेस्ट इन्डिजको सामना गर्दा हाम्रो टिमबाट कुनै प्रकारको भुल स्विकार्य हुने छैन् । इंग्ल्यान्डविरुद्धको खेल अन्तिम बलसम्म फुगेको थियो, जसरी हामीले विश्व क्रिकेटको शत्तिविरुद्ध खेल्यौं, त्यसमा गर्व छ ।’

प्रशिक्षक लले विश्वकप जस्तो ठूलो प्रतियोगितामा खेल्न धेरै दबाब हुने पनि बताए । उनले थपे, ‘मैले खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप खेलेको छु, त्यसैले यति ठूलो प्रतियोगिता खेल्दा कति दबाब हुन्छ, त्यो मलाई राम्रोसँग छ ।’ उनले नेपाली क्रिकेटलाई अझ अगाडि बढाउने हो भने घरेलु प्रतियोगिता अझ व्यवस्थित र सुदृढ हुनु पर्ने बताए । उनको भनाई थियो, ‘नेपाली क्रिकेटलाई प्रथम श्रेणीको क्रिकेट आवश्यक छ । नेपाली खेलाडी धेरै दिनको खेल खेल्न अभ्यस्त हुनु पर्छ ।’

उनले नेपाल प्रिमियर लिग (एनपीएल) को पनि प्रशंसा गर्दै यो प्रतियोगिताले विस्तारै नेपाली क्रिकेटलाई बलियो बनाउने बताए । तर उनको थप भनाई थियो, ‘तर यतिले मात्र पुग्दैन् । ट्वान्टी ट्वान्टी क्रिकेट रमाइलो त हुन्छ, तर हामीलाई चाहिने भनेको दुई दिन अथवा त्यो बढीकै क्रिकेट नै हो । यसले ब्याटर होस अथवा बलर, दुवैलाई निखार्न मदत गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम