मुख्य समाचार
दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको मृत्यु
दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको मृत्यु

— इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको ज्यान गएको छ ।

घरायसी विवादका कारण २९ वर्षीया अञ्जली चेम्जोङ राई र उनका काकाकी छोरी ३७ वर्षीया पुष्पा चेम्जोङ राईबीच झगडा हुँदा बहिनी अञ्जलीको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार दिउँसो १ बजे दिदीबहिनीबीच झगडा भएको थियो । विवाद चर्केर कपाल लुछालुछ हुँदा अञ्जली बेहोस भएकी थिइन् । राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक अञ्जलीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ । विवाहित रहेका अञ्जली र पुष्पा दुवै जना माइतमा बस्दै आएका थिए । उनीहरु एउटै आँगन भएको घरमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार फाकफोकथुम–१ का खम्बसिं चेम्जोङकी छोरी अञ्जलीको खोटाङमा विवाह भएको थियो भने खेमबहादुरकी छोरी पुष्पाको इलामकै माइ नगरपालिकामा विवाह भएको थियो । उनीहरु दुबै जना श्रीमानसहित माइतीमै बस्दै आएका थिए ।

घटनाका बेला दुवै जनाका श्रीमान् खेताला गएका थिए । अञ्जलीको मृत्यु पश्चात पुष्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारको छ। यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन थियो। यही भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ। २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ। तर, ३ वर्षमा ...
: आफ्नै बुवाको हत्या गरी फरार रहेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय देवेन्द्र कुलुङलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। कुलुङलाई मंगलबार इटहरी उपमहानगरपालिका–९ स्थित ट्याङ्ग्रा खोला नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका बताए। २०७५ साउन २९ गते कुलुङले आफ्नै बुवा हरि शंकर राईलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका ...
: यस पटकपटकको निर्वाचनमा दाङ ठूलाको साख गुमेको छ भने अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको दाङमा नतिजा सार्वजनिक भएसँगै यस्तो देखिएको हो । यसले दाङको राजनीतिमा ठूलो उलटपुलट सिर्जना गरिदिएको छ। लामो समयदेखि राजनीतिमा प्रभावशाली मानिएका ठूला दलका प्रमुख पदाधिकारी,नेतादेखि पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीसम्मले यसपटक् कतिपयले ...
: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेको थियो। ...
अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्