मुख्य समाचार
चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जिते
चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जिते

— साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।

शनिबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई जिताउन प्रतापसिंह राईले निर्णायक गोल गरे । चर्च ब्वाइजको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै राईले खेलको ६२ औं मिनेटमा गोल गरेर प्लानिङ ब्वाइजलाई पहिलो सहभागितामै उपाधि दिलाए । चर्चका अबोयामी फकुन्लेले दिएको मिस पासलाई एलेक्स विलियमले सेन्टरलाइनबाट राईलाई बल पास दिएका थिए । उक्त पासलाई राईले वान भर्सेज वानमा उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो प्रयासमा प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यको साथ मैदानमा उत्रिएको चर्च ब्वाइजको डिफेन्स लाइन अघिल्लो खेलको तुलनामा निकै कमजोर देखिएको थियो । डिफन्डर सर्जियो डिक्का र प्रवेश दनुवारले गतिलो प्रदर्शन गर्न नसक्दा त्यसको फाइदा प्लानिङ ब्वाइजले उठाएको हो । फरवार्ड लाइनमा रहेका कप्तान मिलन राई र अबोयामी फकुन्ले पटक पटक फिनिसिङमा चुक्दा गोल गर्न सकेनन् । मिलनलाई दोस्रो हाफमा निकालेर रिचार्ड विलसनलाई मैदान प्रवेश गराउने प्रशिक्षक सुमन श्रेष्ठको रणनीतिले पनि काम गर्न नसकेपछि चर्च ब्वाइजले उपविजेतामै चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा च्याम्पियन बनेको एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । दुवै पुरस्कार राशि प्रतियोगितालाई संयोजन गरेको धरान उपमहानगरपालिकाले प्रायोजन गरेको हो । खेलको म्यान अफ द म्याच विजयी टिमका पूजन थापा घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गर्नसमेत सफल भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रतापसिंह राई घोषित भए । उनले एक थान होन्डाको डियो स्कुटर पुरस्कार पाए । गत वर्षसम्म भने उत्कृष्ट खेलाडीले एक लाख नगद पुरस्कार पाउँदै आएको थियो । प्लानिङका निग्मा घिसिङ उत्कृष्ट डिफेन्डर, एन्फा हेड अफ कोचसमेत रहेका सञ्जित सिंह उत्कृष्ट प्रशिक्षक, योगेश धिमाल उत्कृष्ट गोलकिपर घोषित भए ।

चर्चका रोहन कार्की उत्कृष्ट मिडफिल्डर र अबोयामी फकुन्ले बेस्ट फरवार्ड घोषित भए । विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा भारत र भुटानका दुई टिमसहित यसपटक १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम