मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ

— प्रचारप्रसार गर्न घरदैलो अभियान संचालनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।

रोल्पास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम संचालन गरेको आरोप लागेको हो। चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको पुनमाथि आरोप लागेको छ।

कार्यालयका अनुसार निर्वाचन आयोगले उजुरी परेको उल्लेख गर्दै पुनसँग स्पष्टीकरण मागिएको जनाएको हो।

रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत घनश्याम गौतमले आयोगले उम्मेदवार पुनसँग सोधेको स्पष्टीकरण बारेमा जिल्लामा जानकारी आइपुगेको बताए ।

आयोगले पुनसँग 'तपाईंले विद्यालय परिसरमा नाचगान तथा अन्य प्रचारप्रसार कार्यक्रम गर्नुभएको कार्यले आचारसंहिताको उल्लंघन हुन्छ वा हुँदैन ? यदि, तपाईंले आचारसंहिताको उल्लंघन गर्नु भएको प्रमाणित भएमा तपाईंलाई आचारसंहिता र प्रचलित निर्वाचन कानुनबमोजिम किन कारबाही गर्नु नपर्ने हो ?' भन्ने व्यहोराको पत्र बुझाएको हो।

उक्त व्यहोराको पत्र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन कार्यालयमा पनि प्राप्त भएको गौतमले बताए । त्यसबारे कारवाही अघि बढाइएको उनले बताए ।

पूर्वमन्त्री समेत रहेका पुन घरदैलो अभियानका क्रममा रोल्पाको परिवर्तन गाउँपालिकामा पुग्दा विद्यालय परिसरमा कार्यक्रम आयोजना गरेको, उनीसँग पुगेका नेताले सरकारी गाडीको प्रयोग गरेको लगायत गुनासो गर्दै स्थानीय एवं विपक्षी कार्यकर्ताले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए। पुन त्यहाँ एक साताअघि पुगेका थिए।

यसैबीच जिल्लास्थित मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले सबै दलका नेता र उम्मेदवारलाई बोलाएर आचारसंहिता बारे अन्तरक्रिया गरिएको र उल्लंघन हुनबाट सचेत गराइएको बताए । उनले कुनै पनि स्थानमा कसैले पनि आचारसंहिता उल्लंघन गरेमा तत्काल उजुरी गर्न आग्रह पनि गरे।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले निर्वाचनको सुरक्षा व्यवस्थापन गम्भीरतापूर्वक गरिएको बताए । उनका अनुसार निर्वाचन सुरक्षाको लागि नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीलाई खटाउने योजना बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...