मुख्य समाचार
बंगलादेशमा नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री तारिक रहमानले बुधबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन
बंगलादेशमा नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री तारिक रहमानले बुधबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन

: बंगलादेशमा नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री तारिक रहमानले बुधबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले कानून व्यवस्था स्थिर बनाउने र भ्रष्टाचारमाथि कडाइ गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको घोषणा गरेका हुन् ।



प्रधानमन्त्री रहमानले जुवा र लागुऔषधको फैलावट कानून व्यवस्था बिग्रिनुको प्रमुख कारण भएको उल्लेख गर्दै नियन्त्रणका लागि कडा कदम चालिएको जानकारी दिए। साथै रमजान महिनाको अवसरमा व्यापारीलाई कृत्रिम अभाव सिर्जना गरी नाफाखोरी नगर्न आग्रह गरे।


उनले भने, 'फासीवादी युगको भ्रष्टाचार र कुशासनका कारण अस्थिर अर्थतन्त्र, कमजोर शासन र बिग्रँदै गएको कानून व्यवस्थाको अवस्थाका बीचमा नयाँ सरकारले आफ्नो यात्रा सुरु गरेको छ। हाम्रो सरकारको मुख्य प्राथमिकता कानून व्यवस्थामा सुधार गर्दै भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरेर जनताको मनमा शान्ति र सुरक्षाको भावना पुनर्स्थापित गर्नु हो।'



तारिक रहमानले बंगलादेशका सबै गिरोहहरूलाई समाप्त पार्न पनि जोड दिए। उनले भने, 'देश, सरकार र जनताको अधिकार स्थापित गर्ने प्रतिबद्धताका साथ हामीले देश सञ्चालनको जिम्मेवारी लिएका छौं।'

तारिक रहमानले बीएनपी सरकार सबै क्षेत्रमा अराजकता र अनियमितताका सबै गिरोहहरूलाई हटाउन दृढ रहेकाे उल्लेख गरे। उनको सम्बोधन बंगलादेशको सरकारी टेलिभिजन च्यानल बीटीवी र बंगलादेश बेतारमा राति ९ :४५ बजे प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...