मुख्य समाचार
विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूले यही सप्ताहन्तभित्र इरानमाथि सैन्य कारबाही हुन सक्ने सम्भावना औंल्याएपछि मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल
विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूले यही सप्ताहन्तभित्र इरानमाथि सैन्य कारबाही हुन सक्ने सम्भावना औंल्याएपछि मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल

: अमेरिका र इरानबीचको तनाव फेरि चरम बिन्दुमा पुगेको छ । विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूले यही सप्ताहन्तभित्र इरानमाथि सैन्य कारबाही हुन सक्ने सम्भावना औंल्याएपछि मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको छ । यद्यपि अन्तिम निर्णय भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले लिन बाँकी रहेको जनाइएको छ ।



सीएनएन, द न्यूयोर्क टाइम्स, सीबीएस न्यूजलगायतका सञ्चारमाध्यमहरूले अमेरिकी सेनाले सम्भावित आक्रमणका लागि आवश्यक तयारी पूरा गरिसकेको उल्लेख गरेका छन् । सेनाले ‘ग्रीन सिग्नल’ को प्रतीक्षामा रहेको उच्च अधिकारीहरूलाई उद्धृत गर्दै समाचार सार्वजनिक गरिएको छ । यसैबीच, ब्हष्यक ले ह्वाइट हाउस स्रोतलाई उद्धृत गर्दै आक्रमणको सम्भावना ९० प्रतिशतसम्म रहेको दाबी गरेको छ । यदि कारबाही सुरु भयो भने केही हप्तासम्म आक्रमण जारी रहन सक्ने अनुमान गरिएको छ ।


कूटनीतिक तहमा भने प्रयास पूर्ण रूपमा रोकिएको छैन । स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी र इरानी प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता भएको थियो । अमेरिकी पक्षबाट ट्रम्पका सल्लाहकार जारेड कुशनर र स्टिभ विटकफ सहभागी भएका थिए भने इरानका विदेशमन्त्री अब्बास अराघचीले प्रतिनिधित्व गरेका थिए । तीन घण्टा लामो वार्तामा केही प्रगति भए पनि मुख्य विवादित विषयमा सहमति जुट्न सकेन।



अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले केही मुद्दामा सकारात्मक संकेत देखिए पनि इरानले राष्ट्रपतिले तोकेको ‘रेड लाइन’ स्वीकार नगरेको बताएका छन् । इरान–अमेरिका आणविक वार्तामा सबैभन्दा ठूलो अवरोध ‘ब्यालिस्टिक मिसाइल’ कार्यक्रम बनेको छ । इरानले यसलाई आफ्नो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भन्दै कुनै पनि सम्झौतामा समावेश नगर्ने अडान लिएको छ । इरानी अधिकारीहरूले क्षेप्यास्त्र कार्यक्रम आफ्नो ‘रातो घेरा’ भित्र पर्ने स्पष्ट पारेका छन् ।

अमेरिका भने इरानले क्षेत्रीय सशस्त्र समूहहरू- जस्तै हिजबुल्लाह र हुथी—लाई दिने समर्थन बन्द गर्नुपर्ने माग राखिरहेको छ । वासिङ्टनले यी विषयहरूलाई पनि सम्भावित सम्झौतामा समेट्न चाहेको छ, तर तेहरान मुख्यतः आणविक कार्यक्रममा मात्र केन्द्रित रहन चाहन्छ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिका आक्रमणमा उत्रिए कडा प्रत्युत्तर दिने चेतावनी दिइसकेका छन् । उनले सामाजिक सञ्जालमा अमेरिकी युद्धपोत डुबाइएको एआई तस्बिर सार्वजनिक गर्दै इरानसँग त्यस प्रकारको क्षमता रहेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...