मुख्य समाचार
गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्र्रसारणलाइन चार्जमा
गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्र्रसारणलाइन चार्जमा

: गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्र्रसारणलाइन चार्जमा ल्याएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकै उपस्थितिमा थप प्राविधिक निरीक्षणपछि परीक्षणमा रहेको उक्त प्रसारणलाइन चार्जमा ल्याइएको हो।



शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ को लाइन तथा सवस्टेसनको स्थलगत अनुगमन गरेका छन्। उनले गुल्मीको रेसुंगा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभीए) मुसिकोट नगरपालिकाअन्तर्गतको पौदीअमराइ (४६ एमभीए) , बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ (४६ एमभीए) क्षमताका सवस्टेसन तथा लाइनको स्थलगत पनि अनुगमन गरेको छ।


अनुगमनपछि शाक्यले विद्युत् आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो, गुणस्तरीय तथा विश्वसनीय बनाउने उद्देश्यले प्राधिकरणले उक्त आयोजनालाई महत्त्वपूर्ण रूपमा लिएको जानकारी दिए। ‘यहाँबाट पौदीअमराइ सवस्टेसन र बुर्तिबाङ सवस्टेसनबाट प्रसारण सुरु भएको छ। पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०–१५ पटक विद्युत् आपूर्तिमा समस्या हुने अवस्था थियो,’ उनले तम्घास सवस्टेसनको निरीक्षणपछि भने, ‘अहिले १३२ केभी प्रसारणलाइनमा चार्ज भइसकेपछि विद्युत् नियमित भएको र भोल्टेज पनि राम्रो भएको जानकारी पाएको छु। यो भरपर्दो विद्युत् आपूर्तिका लागि सकारात्मक कुरा हो।’



उनले यी सवस्टेसनमा चार्ज भएसँगै उद्योग–व्यवसायीहरूलाई समेत प्राधिकरणले भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन सक्नेमा प्राधिकरण आशावादी रहेको बताए। उनले निरीक्षणकै क्रममा बुर्तिबाङ पुगेपछि ५ वटा सवस्टेसन हुँदै यहाँसम्म आइपुगेको भन्दै यी क्षेत्रका वरिपरिका गाउँलाई भरपर्दो विद्युत् दिने र निजी प्रवर्धकहरूको बिजुलीलाई ग्रिडमा जोड्न सजिलो हुने उल्लेख गरे। ‘३३/११ केभीबाट बिजुली गइरहेको अवस्थामा अब १३२ केभी डबल सर्किट प्रसारणलाइनबाट जान पाउँदा निजी प्रवर्धक र गाउँका जनताका लागि पनि महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘यो वरिपरि पम्पस्टोरेज आयोजनाहरू बन्ने सम्भावना देखिएको छ। १३२ केभीले त्यसका लागि समेत ढोका खोलेको छ।’

पहाडी जिल्लामा लामो दूरीबाट विद्युत् आपूर्ति गर्दा भोल्टेज घट्ने, ओभरलोड हुने तथा बारम्बार विद्युत् अवरुद्ध हुने समस्या पनि अब घट्नेमा आशावादी रहेको प्राधिकरणले जानकारी दिएको छ। करिब ४ अर्ब ७६ करोड रुपैयाँ लगानीको यो सवस्टेसन र प्रसारणलाइन निर्माणसँगै कपिलवस्तु, गुल्मी, अर्घाखाँची र बागलुङलगायत जिल्लाका बासिन्दालाई सहज विद्युत् सेवा उपलब्धतामा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम