मुख्य समाचार
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक याेललाई अदालतले आजीवन कारावासको सजाय
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक याेललाई अदालतले आजीवन कारावासको सजाय

: दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक याेललाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। उनलाई मार्शल ल लागू गर्ने क्रममा विद्रोहको नेतृत्व गरेको अभियोगमा दोषी ठहर गरिएको हो।



दक्षिण कोरियाको अदालतले बिहीबार सुनाएको यस फैसलासँगै देशको हालसम्मकै ठूलो राजनीतिक संकटको एक अध्याय समाप्त भएको मानिएको छ।


३ डिसेम्बर २०२४ मा युनले टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै मार्शल ल घोषणा गरेका थिए। उनले विपक्षी दलहरूभित्र “राज्यविरोधी शक्तिहरू” रहेको र ती उत्तर कोरियाप्रति सहानुभूति राख्ने दाबी गरेका थिए।


घोषणापछि सशस्त्र सैनिकहरू हेलिकप्टरमार्फत संसद भवनमा अवतरण गरेका थिए र सांसदहरू बसेको कक्षमा प्रवेश गर्ने प्रयास गरेका थिए। सांसदहरू, संसद कर्मचारी तथा आक्रोशित नागरिकहरूले प्रवेशद्वार अवरोध गर्दै सैनिकहरूलाई रोक्न प्रयास गरे। ती दृश्यहरू प्रत्यक्ष टेलिभिजनमा प्रसारण भएका थिए।

युनको घोषणाले देशको अधिनायकवादी विगतका सम्झनाहरूलाई पुनर्जीवित गरेको भन्दै व्यापक आलोचना भएको थियो। सांसदहरूले संसदमा जबरजस्ती प्रवेश गरी सर्वसम्मतिले मार्शल ल खारेज गर्ने प्रस्ताव पारित गरेपछि युनले करिब छ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए।

१९८० को दशकको अन्त्यदेखि, दक्षिण कोरिया नियमित विरोध, अभिव्यक्ति स्वतन्त्रता, निष्पक्ष चुनाव र शक्तिको शान्तिपूर्ण हस्तान्तरणको साथ एक बलियो लोकतन्त्रमा रूपान्तरण भएको छ। त्यसबेलादेखि यो देश विश्वव्यापी अर्थतन्त्रको एक प्रमुख खेलाडीको रूपमा पनि विकसित भएको छ र एसियामा एक महत्वपूर्ण अमेरिकी सहयोगी बनेको छ।

तर घरेलु राजनीति भने गहिरो ध्रुवीकरणले ग्रस्त छ। विभिन्न राजनीतिक धारका राष्ट्रपतिहरूले महाभियोग, आपराधिक अनुसन्धान र अभियोजनको सामना गर्दै आएका छन्। सियोल केन्द्रीय जिल्ला अदालत बाहिर युन समर्थकहरूको भीड जम्मा भएको थियो। सुनुवाइ राष्ट्रव्यापी प्रत्यक्ष प्रसारण गरिएको थियो।

अध्यक्ष न्यायाधीश जी ग्वी–योनले युनको मनसाय राष्ट्रिय सभालाई पक्षाघात पार्नु रहेको स्पष्ट देखिएको बताए। उनले विपक्षी डेमोक्रेटिक पार्टीका नेता तथा सत्तारूढ दलका नेता हान डोङ–हू लगायत राजनीतिक विपक्षीहरूलाई पक्राउ गर्ने प्रयासलाई पनि निर्णयको आधार बनाइएको बताए।

पूर्व रक्षामन्त्री किम योङ–ह्युन लाई पनि विद्रोहमा प्रमुख भूमिका खेलेको आरोपमा दोषी ठहर गर्दै ३० वर्षको जेल सजाय सुनाइएको छ। उनले मार्शल ल कार्यान्वयनका लागि सैनिकहरूलाई आदेश दिने जिम्मेवारी लिएको स्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा हर्मुज जलमार्ग कहिल्यै नफर्कने बताएका छन्। अल जजिरासँगको विशेष अन्तर्वार्तामा गालिबाफले आठ महिना लामो द्वन्द्व अन्त्य गर्न तेहरानले अघि सारेको सातबुँदे प्रस्तावअन्तर्गत उक्त महत्वपूर्ण जलमार्गको निगरानी गर्न इरान र ओमानबीच सहमति भएको जानकारी दिए। समुद्री कानुनसम्बन्धी सन् १९८२ को संयुक्त राष्ट्रसंघीय ...
— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार जलवायु परिवर्तनविरुद्ध तत्काल कदम चाल्न, विकासशील देशलाई थप वित्तीय सहयोग उपलब्ध गराउन र अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउन आह्वान गरेका छन् । जलवायु संकट नियन्त्रणका विश्वव्यापी प्रयासभन्दा तीव्र गतिमा अघि बढिरहेको चेतावनी दिँदै उनले यस्तो आह्वान गरेका हुन् । टर्किएको अन्ताल्यामा आयोजित कोप–३१ को नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै ...
। बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए। बार्सिलोनामा, नकाबधारी व्यक्तिहरूले फोहोरको डिब्बामा आगो लगाउनका साथै पसलहरू तोडफोड ...
। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् । टर्किएको अन्ताल्यामा बुधबार आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र ...
: इरानले आफ्नो सम्वर्धित युरेनियमको एक कण पनि देशबाहिर लैजान नदिने चेतावनी अमेरिकालाई दिएको छ। इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले आफ्नो देशले सम्वर्धित युरेनियम देशभित्रै राख्ने र त्यसको प्रयोग गर्ने बताएका छन्। लेबनानको अल-मयादिन टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा रेजाईले यसबारे रुसलाई समेत जानकारी गराइसकेको बताए। इरानले आफ्नो संवर्धित युरेनियम देशबाहिर नपठाउने स्पष्ट पारिसकेको उनको भनाइ ...