: महोत्तरीको सोनौल बजारमा स्रोत नखुलेको ११ लाख रकमसहित एक जना पक्राउ परेका छन् । मनरा शिस्वा नगरपालिका-३ सोनौल बजारबाट प्रहरीले सम्सी गाँउपालिका ७ का गौतम साहलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार साहसँग रहेको स्रोत खुल्न नसकेको ११ लाख ५१ हजार ३ सय रुपैयाँ बरामद भएको हो । प्रहरीको टोलीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म-प्र-०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।
बरामद रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।