मुख्य समाचार
एमालेले असंलग्न वैदेशिक नीति र परराष्ट्र सम्बन्ध कायम राख्दै अघि बढ्ने घोषणा
एमालेले असंलग्न वैदेशिक नीति र परराष्ट्र सम्बन्ध कायम राख्दै अघि बढ्ने घोषणा

: नेकपा एमालेले असंलग्न वैदेशिक नीति र परराष्ट्र सम्बन्ध कायम राख्दै अघि बढ्ने घोषणा गरेको छ। बिहीबार सार्वजनिक भएको घोषणा पत्रमा स्वतन्त्र, तटस्थ न्याय र विश्वशान्तिमा आधारित संलग्न वैदेशिक नीति र परराष्ट्र सम्बन्ध कायम राख्दै अघि बढ्ने घोषणा गरेको हो।

एमालेले कुनै पनि प्रकारको सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिका निम्ति योगदान गर्न तथा मानव र धर्तीको सुरक्षामा योगदान पुऱ्याउन सक्ने नठानेको बताएको छ। ‘हामी कुनै पनि प्रकारको सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिका निम्ति योगदान गर्न तथा मानव र धर्तीको सुरक्षामा योगदान पुऱ्याउन सक्ने ठान्दैनौं। हामी न्याय र विश्व शान्तिका पक्षमा उभिंदै आएका छौं र उभिरहने छौं।’ घोषणा पत्रमा भनिएको छ,‘हामी स्वतन्त्र, तटस्थ न्याय र विश्वशान्तिमा आधारित असंलग्न वैदेशिक नीति र परराष्ट्र सम्बन्ध कायम राख्दै अघि बढ्ने घोषणा गर्दछौं।’


एमालेले देशभित्र तथा समग्र विश्वमा न्यायको राज र शान्ति कायम भएको देख्न चाहेको उल्लेख गरेको छ। ‘हामी सार्वभौमसत्ता सम्पन्न स्वाधीन राष्ट्र हौं। हामीले छिमेकी राष्ट्रहरूसँग सधैं इमानदारीका साथ मित्रताको सम्बन्ध राख्न चाह्यौं र राख्दै आयौं। हामी आफ्नो देशभित्र तथा समग्र विश्वमा न्यायको राज र शान्ति कायम भएको देख्न चाहन्छौं। त्यसका लागि हामी सदा क्रियाशील रही आयौं र भइरहने छौं’ घोषणा पत्रमा उल्लेख छ।

हामी कुनै पनि छिमेकीहरूको अहित चिताउँदैनौं

घोषणा पत्रमा सार्वभौम समानता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्दै विश्व शान्ति, सहअस्तित्व र सबैसँग मित्रतामा आधारित परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताएको छ। ‘सार्वभौम समानता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्दै विश्व शान्ति, सहअस्तित्व र सबैसँग मित्रतामा आधारित परराष्ट्र नीतिप्रति प्रतिबद्ध हुनेछौं। छिमेकी देशहरूसँगको सम्बन्धलाई अझ विश्वासिलो र मित्रवत् बनाउने छौं। सबै राष्ट्रसँग सम्मानजक सम्बन्ध राख्छौं। सबै राष्ट्रको सार्वभौमसत्ता र स्वाधीनताको सम्मान गर्दछौं र अन्य राष्ट्रहरूबाट त्यस्तै व्यवहारको अपेक्षा गर्दछौं। हामी सार्वभौम समानतामा विश्वास गर्दछौं। कुनै पनि राष्ट्रको स्वाधीनता, स्वनिर्णय, भौगोलिक अखण्डतामाथिको अतिक्रमण - हस्तक्षेप अस्वीकार गर्दछौं। हामी संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न परराष्ट्र नीति, शान्तिपूर्ण सहअस्तित्व, अहस्तक्षेप, पारस्परिक समझदारी र सहयोगलगायतका पञ्चशीलका सिद्धान्तमाथि विश्वास गर्दछौं। युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा निर्धक्क उभिन्छौं ’घोषणा पत्रमा भनिएको छ।

छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझै मजबुत एवं सौहाद्र बनाउन र पारस्परिक सहयोग अभिवृद्धि गर्न निरन्तर प्रयास गर्ने एमालेले जनाएको छ।‘हामी कुनै पनि छिमेकीहरूको अहित चिताउँदैनौं र अहित हुने कुनै गर्दैनौं। सबै मित्रराष्ट्रहरूसँग अन्तर्राष्टिय क्षेत्रीय संघ संगठनहरूसँग सहकार्य गर्नेछौं। हामी नै आग्रह छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझै मजबुत एवं सौहाद्र बनाउन र पारस्परिक सहयोग अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं। हामी कुनै पनि छिमेकीहरूको अहित चिताउँदैनौं र अहित हुने कुनै काम गर्दैनौं। सबै मित्रराष्ट्रहरूसँग अन्तर्राष्ट्रिय, क्षेत्रीय संघ-संगठनहरूसँग सहकार्य गर्नेछौं। हामी कुनै आग्रह पूर्वाग्रह राख्दैनौं, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता' हाम्रो विदेश सम्बन्ध सञ्चालनको आधारभूत नीति हो।’ एमालेले भनेको छ, ‘श्रम कुटनीतिलाई प्रभावकारीरूपमा प्रवर्द्धन गर्नका लागि श्रम गन्तव्यका सबै देशहरूमा सामाजिक सुरक्षाको प्रावधानसहित द्विपक्षीय श्रम सम्झौता गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा बैठक बिहीबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्वपूर्ण बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ। भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग ...
: पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ। तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे। ४९ वर्षीय पाण्डे पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्। बुबा बृजमोहन पाण्डे सक्रिय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ ...
: काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्यका टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए। रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही ...
: रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं. ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो। दुर्घटनामा परेर गढिमाई ननगरपालिका ...