: रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच ६ बुँदे सहमति भएको छ। रौतहटको गौर नगरपालिका -६ सवगढाका गाउँवासीका बीचमा परम्परादेखि हाम्रा पूर्खाले कायम गरेको सामाजिक-धार्मिक सद्भावको मूल्य मान्यता र ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरश पालना गर्दै सार्वजनिक शान्ति कायम राख्न सहमति भएको प्रहरीको भनाई छ।
धार्मिक-सामाजिक-सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्नु पूर्व आपसी संवाद तथा छलफल गरी सौहार्दता कायम गर्दै गाउँको धार्मिक सामाजिक क्रियाकलाप सञ्चालन गर्ने सहमति भएको छ। गाउँमा विवाहको वा अन्य चाडपर्व तथा रमजानको समय रहेको हुँदा एक समुदायले अर्को समुदायको चाडपर्व वा संस्कृतिको सम्मान गर्ने र सहयोग गर्ने, यस विषयमा कसैले अवरोध गरेमा वा धार्मिक सामाजिक सद्भाव विथोल्ने कार्य गरेमा वा गर्ने प्रयास गरेमा प्रहरी प्रशासनलाई सूचना दिइ त्यस्तो कार्य गर्नेलाइ कानूनी दायरामा ल्याउन गाउँबासीले सहयोग गर्ने सहमति भएको छ।
सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्ने र कानूनको उलंघन गर्ने वा त्यस्तो गर्न उक्साउने जो कोहिलाई पनि कानुनको दायरामा ल्याइ कारबाही गर्न प्रशासनलाई सहयोग गर्ने भएका छन्।
यसैगरी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई अनुकुल वातावरण तयार गर्न प्रतिबद्धता गर्दै हाल देखापरेको समस्या आजैको मितिदेखि अन्त्य गर्न सर्वसम्मतिले निर्णय भएको छ।