मुख्य समाचार
पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा
पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा

: पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमालेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ। तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे। ४९ वर्षीय पाण्डे पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।



बुबा बृजमोहन पाण्डे सक्रिय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ मन्पुर गाँउपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित भएका थिए। रुपेशको परिवार पहिलेदेखि नै राजनीतिमा सक्रिय रहेको छ। तर, पाण्डे राजनीतिमा त्यति ध्यान दिइरहेका थिएनन्।


काठमाडौंस्थित आरपी ग्रुप अफका प्रबन्ध निर्देशक पाण्डे दर्जनौं अन्तर्राष्ट्रिय ब्रान्डका कपडा, जुत्ता र एक्सेसरीज नेपाल भित्र्याउने कारोबारमा जमेर बसेका थिए। तर यसअघिका दुई निर्वाचनबाट पर्सा क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका दुवै सांसद भ्रष्टाचारको आरोपमा मुछिएर कार्यकाल पूरा गर्न नपाएपछि त्यो क्षेत्रका जनता निराश थिए। जसका कारण क्षेत्रको विकासले गति लिन सकेन। बेलाबेलामा काठमाडौंबाट आफ्नो पुर्ख्यौली गाँउघर आउँदा रुपेशले जनतामा नैराश्यता देखे। कारण– विकास निर्माणका कामहरु लथालिङ्ग थिए। समस्यामा पर्दा कहाँ गएर सुनाउने भरपर्दा र जनताका माझमा रहिरहने आफ्नो जनप्रतिनिधि थिएनन्।



यो सबै देखेर पाण्डेलाई राजनीतिमा छिरेर जनताको सेवा गर्ने हुटहुटी जाग्यो। अनि उनी काठमाडौंको कारोबारलाई कम र पुर्ख्यौली गाउँको बसाईलाई बढी समय दिन थाले। क्षेत्रका गाउँगाउँमा डुलेर त्यहाँका भुँइ तहका समस्याहरू बुझ्ने कोसिस गर्न थाले। जुन गाउँमा उनी पुग्थे त्यहाँका भुँइतहका नागरिकसँग संवाद गरेर त्यहाँका समस्याहरु डायरीमा टिपोट गर्थो। जति जति उनि गाँउ डुलेर नागरिकका दुख पीडासँग बुझ्दै गए, बेथितिसँग जानकारी हुँदै गए। त्यति त्यति राजनीतिप्रति उनको लगाव बढ्दै गयो र अन्नत उनले पर्सा–३ मै सांसदको चुनाव लड्ने तयारी गरे।

चुनाव लड्ने निर्णयमा त पुगे तर दल कुन रोज्ने भन्नेमा उनी अन्योलमै थिए। जेनजी आन्दोलनपछि फागुन २१ को निर्वाचनको मिति घोषणा भएपछि पर्सा–३ का जनतामाझ भिजेको देखेर रुपेशलाई विभिन्न दलबाट प्रस्ताव आउन थाल्यो। तर उनले हतार गरेनन्।

माघ ६ को मनोनयन दर्ता अघिसम्म उनी उम्मेदवार बन्ने निश्चितप्राय थियो तर कुन दलको भन्ने चाहि अझै टुंगिसकेको थिएन। माघ ४ मा मात्रै रुपेशले एमालेलाई रोज्ने निर्णय गरे र भक्तपुर निवासमा पुगेर केपी ओलीबाट पर्सा–३ को टिकट लिए। माघ ६ को मनोनय सकाए लगत्तै पर्सा–३ को चुनावी प्रचारमा होमिएका रुपेशको दैनिकी क्षेत्रका मतदाताको घरदैलोमा व्यस्त छ। दिनहुँ चुनाव लक्षित पार्टीका कार्यक्रममापनि सहभागी भइरहेका छन्। क्षेत्रका अगुवा कार्यकर्तासँग निरन्तर भेटिरहेका छन्।

मतदातासँगको भेटमा उनीहरूबाट आइरहेको प्रतिक्रियाले आफू उत्साहित भएको रुपेश बताउँछन्। ‘हिजो कस्ले जितेर के गर्यो के गरेन ? त्यसको पछि म लाग्दिन। न त जनतासामु मैले भाषण गरेर ठूला ठूला आश्वासन नै दिन्छु। भुँइमान्छेका भुँइतहका समस्या नै मेरो प्राथमिकतामा रहने गरेको छ। म जितेर गएपछि तीनै समस्याहरू मेरो प्राथमिकतामा रहनेछन्।’ पाण्डेले भने, ‘यो क्षेत्र र यहाँका जनता वर्षौदेखि ठगिएका छन्। अनेक नारा, आश्वासन र वाचा गरेर यहाँका जनतालाई झुक्याउने मात्र काम हुँदै आएको छ। अब फेरि उनीहरूलाई कसैले त्यस्तै आश्वासन र वाचामा भुलाएर ठग्ने काम गर्यो भने त्यो महापाप हुनेछ। यहि कुरा मनमा राखेर म जनताको बीचमा गइरहेको छु। र जनताबाट पाइरहेको आशीर्वादले मेरो मनोबल बढ्दै गएको छ। उर्जा थपिदै गएको छ। बाँकी कुरा त मेरो इमान्दारिता र मेहनतको मुल्याङ्कन फागुन २१ मा जनता जनार्दनले अवश्य गर्नु नै हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ...
: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा बैठक बिहीबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्वपूर्ण बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ। भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग ...
: काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्यका टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए। रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही ...
: रौतहटमा यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते भएका छन्। शुक्रबार करिब ४० यात्रु बोकेको ना ८ ख ८७७३ नम्बरको बस गौर–चन्द्रनिगाहपुर सडक खण्डको गौर नगरपालिका वडा नं. ४ दालमिल नजिक अनियन्त्रित भएर विद्युतीय पोलमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस चन्द्रनिगाहपुरबाट रौतहट सदरमुकाम गौरतर्फ तीब्र गतिमा जाँदै गरेको थियो। दुर्घटनामा परेर गढिमाई ननगरपालिका ...
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी बढ्दै जाँदा विकासको जस कसले लिने भन्ने विषयले नयाँ बहस सिर्ज : मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी बढ्दै जाँदा विकासको जस कसले लिने भन्ने विषयले नयाँ बहस सिर्जना गरेको छ ।नेकपा एमाले ले बहुवर्षीय विकास योजना आफूहरुले सञ्चालन गरेको भए पनि यसको श्रेय कांग्रेसले ...