: दाङको तुलसीपुरमा नेकपा एमालेको 'सुर्य' अंकित झण्डा जलाएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी दाङले तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर –६ का २४ वर्षीय बिक्रम परियारलाई शुक्रबार राति पक्राउ गरेको हो।
प्रहरीले यसअघि तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वागतका लागि दाङ तुलसीपुरको वीरेन्द्र चोकका भेला भएका व्यक्तिले एमालेको झण्डा जलाएका थिए। उक्त भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो। त्यसपछि प्रहरीले एमाले झण्डा जलाउनेको खोजी थालेको हो।
रास्वपाका कार्यकर्ताले झण्डा जलाएको भन्दै नेकपा एमाले आपत्ति जनाएको छ, भने शुक्रबार बेलुका दाङको तुलसीपुर काठमाडौंलगायत विभिन्न ठाउँमा मसाल जुलुस तथा विरोध र्याली निकालेका थिए। यसै क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)काे पुत्ला समेत दहन गरिएरकाे थियाे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार एमालेको झण्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी छ।