मुख्य समाचार
नेपाल-चीन सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते
नेपाल-चीन सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते

: नेपाल-चीन सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

कोदारी राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिकाको दशकिलोमा बा.प. १-०३० च ३४८० नम्बरको बोलेरो पार्किङमा राखिएको कन्टेनरको टेलरसँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बाह्रबिसे नगरपालिका-२ दुरुम्थलीका सुजन तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काले बताए।


‘राति दुर्घटना भएको भन्ने खबर प्राप्त भएपछि हामी घटनास्थल पुगेका थियौं’, खड्काले भने- ‘घटना कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ।’ प्रहरीका अनुसार बोलेरोमा सवार ७ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन्। घाइते सबैलाई उद्धार गरी उपचारका लागि खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

स्थानीय ईश्वरलाल श्रेष्ठका अनुसार लिपिङदेखि लार्चासम्मको सडक भर अव्यवस्थित पार्किङ गरिराखेको कन्टेनरहरुकै कारण दुर्घटना भएको हो। ‘कहिँकतै ईमर्जेन्सी गाडीमा साइट दिनुपर्ने र रोक्नुपर्ने अवस्था आयो भने दुर्घटना हुने उच्च जोखिम छ’, उनले भने- ‘अव्यवस्थित पार्किङ गरेर राखिएको कन्टेनरहरू तुरुन्तै नहटाउने हो भने यो भन्दा ठूलो दुर्घटना हुने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौंबाट हिले आउँदै गरेको माइक्रोबस धनकुटा–१ निगालेमा दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् । जिल्लाप्रहरी कार्यालय धनकुटाका अनुसार ग २ ख १९५७ नम्बरको माइक्रोबस शनिबार दिउँसो निगाले क्षेत्रमा अनियन्त्रित भई सडकबाट तल खसेको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक पाण्डव राजबंशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय र अन्य यात्रुको ...
: नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले क्रान्तिकारी जनमत निर्माण गर्नको लागि पार्टी चुनावमा होमिएको बताएका हुन्। उनले बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताए। अवसरको खोजीका लागि प्रतिक्रियावादी ...
— फागुन दोस्रो सातामा पनि नारखोलाको खोंचमा दिनभर खासै घाम लाग्दैन । नार्पाभूमि गाउँपालिका–१ मा पर्ने धर्मशालाको चिसो आँगनबाट २० जना सुरक्षाकर्मी गल, गैंती, घन, बेल्चा र हिउँ काट्ने बन्चरो काँधमा बोकेर उकालो लाग्छन् । करिब ३ हजार ३ सय मिटर उचाइँमा रहेको झरनामा चिसोले बरफ जमेर चट्टान बनेको छ। धर्मशालामाथि जमेको झरना सेना–प्रहरीको बलले खुल्दैछ ...
: रौतहट सदरमुकाम गौर–६ को सवगढा गाउँमा भएको आगजनी र झडपको घटना रोक्न स्थानीय प्रशासनले तीन वटै सुरक्षा निकाय परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । अहिले गौरलगायत क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झडप क्षेत्रमा सेना परिचालन गरिएको छ भने सामाजिक सद्भाव कायम राख्न प्रमुख जिल्ला ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव हुन नदिने चलखेल गरिरहेको आरोप लगाएका छन् । नेकपा दोलखा–काठमाडौं सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्था पूर्वराजा ज्ञानेन्द्र शाहलाई संकेत गर्दै चुनाव नहुने भ्रम फैलाइरहेको उल्लेख गरेका हुन्। उनले नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका ...