मुख्य समाचार
संयुक्त राष्ट्रमा इरानका राजदूत अमीर सईद इरावानीले इरानमाथि अमेरिकाद्वारा कुनै पनि सैनिक आक्रमण भएमा तेहरानले त्यसको जवाफ दिने
संयुक्त राष्ट्रमा इरानका राजदूत अमीर सईद इरावानीले इरानमाथि अमेरिकाद्वारा कुनै पनि सैनिक आक्रमण भएमा तेहरानले त्यसको जवाफ दिने

: संयुक्त राष्ट्रमा इरानका राजदूत अमीर सईद इरावानीले इरानमाथि अमेरिकाद्वारा कुनै पनि सैनिक आक्रमण भएमा तेहरानले त्यसको जवाफ दिने बताएका छन्। उनले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हालैका धम्कीपूर्ण बयानको निन्दा गर्न आग्रह गरेका छन्।



इरावानीले विशेष गरी ट्रम्पको चागोस टापु (इन्डियन ओसियन) मा अवस्थित हवाईअड्डा प्रयोग गरेर इरानमाथि सम्भावित आक्रमण गर्ने धम्कीलाई औंल्याएका छन्। उनले उक्त क्षेत्रको अस्थिर स्थिति र अमेरिकी सैन्य तयारीलाई ध्यानमा राख्दै यस्तो बयानलाई केवल भाषणको रूपमा बेवास्ता गर्न नहुनेमा जोड दिएका छन्।


इरान तनाव वा युद्ध खोज्दैन तर यदि आक्रमण भएमा, क्षेत्रका सर्व आधार, सुविधा र शत्रुतापूर्ण शक्ति सम्बन्धी सम्पत्तिहरूलाई वैध लक्ष्य मानिने चेतावनी इरावानीले दिएका छन्। यसैबीच, ट्रम्पले शुक्रबार तेहरानसँग अर्थपूर्ण सम्झौता गर्न १० दिनको समय दिएका छन्।



उनले यसै सन्दर्भमा आफ्नो नयाँ 'Board of Peace' को पहिलो आधिकारिक बैठकमा विश्वका नेताहरूलाई पनि बोलाएका थिए। साेही बैठकमा ट्रम्पले एक कदम अघि बढाउनु पर्ने बताउँदै यो विषयमा अर्को १० दिनमा थाहा हुने बताए ।

इरानका परराष्ट्रमन्त्री अब्बास अराघ्ची ले जेनेभामा भएको द्विपक्षीय अप्रत्यक्ष वार्तामा राम्रो प्रगति भएको र सम्झौताको मार्गनिर्देशका लागि व्यापक सहमतिमा पुगिएको बताएका छन्। तर, वार्ताका बाबजुद अमेरिका गल्फ क्षेत्रमा दुईवटा विमानवाहक पोत र दर्जनौँ फाइटर जेटसहित सैन्य तयारी बढाउँदै आएको छ।

इरानी अधिकारीहरूले ट्रम्पका लगातार धम्कीपूर्ण बयानको सामना गर्दै असहमति जनाएका छन्। इरानका सर्वोच्च नेता अली खामेनेईले ट्विटरमा एक सन्देश लेख्दै अमेरिकाले निरन्तर इरानतर्फ युद्धपोत पठाएको धम्की आउने गरेको बताएका छन्। उनका अनुसार युद्धपोत पठाउनु खतराको संकेत भएको र त्यो युद्धपोत समुद्रको तल्लो भागमा पठाउन सक्ने हतियार अझ खतरनाक रहेको उल्लेख गरेका छन्।

वाशिङ्टन र तेहरानबीचको तनाव २०२५ को अन्त्यदेखि बढ्दै आएको छ, जब ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सँग भेट्दा इरानलाई फेरि आक्रमण गर्ने चेतावनी दिएका थिए।

त्यसपछि इरानमा सरकारविरोधी प्रदर्शनहरू सुरु भएका थिए। ट्रम्पले प्रदर्शनकारीहरूलाई सरकारी संस्था नियन्त्रणमा लिन प्रोत्साहित गरेका थिए। यसै बिच दुबै देशले फेब्रुअरी ६ मा ओमानमा पहिलो वार्तासँगै जेठको युद्धपछि पहिलोपटक वार्ता पुनः सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...