मुख्य समाचार
बलिउड अभिनेता रणवीर सिंहलाई आएको धम्कीपूर्ण भ्वाइस नोट प्रकरणमा नयाँ खुलासा भएको छ
बलिउड अभिनेता रणवीर सिंहलाई आएको धम्कीपूर्ण भ्वाइस नोट प्रकरणमा नयाँ खुलासा भएको छ

: बलिउड अभिनेता रणवीर सिंहलाई आएको धम्कीपूर्ण भ्वाइस नोट प्रकरणमा नयाँ खुलासा भएको छ। उनलाई पठाइएको धम्कीपूर्ण भ्वाइस नोट अमेरिकन नम्बरबाट आएको खुलेको छ। स्रोतका अनुसार मुम्बई क्राइम ब्रान्चले उक्त नम्बरको विवरण प्राप्त गर्न प्रोटोकलमार्फत अमेरिकाको सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।

सिंहलाई गत हप्ताको मंगलबार ज्यान मार्ने धम्की आएको थियो। यो धम्की ह्वाट्सएपमा पठाइएको एक भ्वाइस नोटमार्फत दिइएको हो । सो सन्देशमा आरोपीले १० करोड रुपैयाँ फिरौतीको माग गरेका थिए।


धम्की प्राप्त हुनेबित्तिकै मुम्बई प्रहरीले सिंहको बान्द्रास्थित निवास बाहिर सुरक्षा कडा बनाउदै अनुसन्धानलाई तीव्र रुपमा अगाडी बढाएको थियो ।

अनुसन्धानका क्रममा बिश्नोई गैंग सँग सम्बन्धित व्यक्तिले धम्की पठाएको आशंका गरिएको छ। स्रोतका अनुसार ‘हैरी बॉक्सर’ नामका एक व्यक्तिले रणवीरका म्यानेजरको व्हाट्सएपमा भ्वाइस नोट पठाएर रकम माग गरेको खुल्नमा आएको छ। प्रारम्भिक जाँचमा उक्त भ्वाइस नोटमा हैरी बॉक्सरकै आवाज भएको संकेत भेटिएको बताइएको छ, यद्यपि थप प्रमाण संकलन भइरहेको छ।

क्राइम ब्रान्चले रणवीर सिंहका म्यानेजरको बयान दर्ता गरिसकेको छ। धम्की आएपछि अभिनेताको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

यसअघि धम्की पठाउँदा भिपीएन नेटवर्क प्रयोग गरिएको र लोकेसन विदेश देखिएको खुलासा भएको थियो। सोही कारण अनुसन्धानमा इन्टरपोलको समेत सहयोग लिइएको बताइएको छ। प्रकरणबारे विस्तृत अनुसन्धान जारी रहेको मुम्बई प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश चुनावमा होमिसकेकाले त्यसलाई आफ्नो पार्टीले अवसरका रुपमा उपयोग गर्ने बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा शनिबार नवलपरासी पुगेका अध्यक्ष लिङ्देनले जिल्लाको क्षेत्र नम्बर २ मा गरेको ‘रोड शो’ कार्यक्रम अन्तर्गत भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । २०८४ मा हुने निर्वाचन अहिले गरिनु ...
— काठमाडौंबाट हिले आउँदै गरेको माइक्रोबस धनकुटा–१ निगालेमा दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् । जिल्लाप्रहरी कार्यालय धनकुटाका अनुसार ग २ ख १९५७ नम्बरको माइक्रोबस शनिबार दिउँसो निगाले क्षेत्रमा अनियन्त्रित भई सडकबाट तल खसेको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक पाण्डव राजबंशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय र अन्य यात्रुको ...
: नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले क्रान्तिकारी जनमत निर्माण गर्नको लागि पार्टी चुनावमा होमिएको बताएका हुन्। उनले बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताए। अवसरको खोजीका लागि प्रतिक्रियावादी ...
— फागुन दोस्रो सातामा पनि नारखोलाको खोंचमा दिनभर खासै घाम लाग्दैन । नार्पाभूमि गाउँपालिका–१ मा पर्ने धर्मशालाको चिसो आँगनबाट २० जना सुरक्षाकर्मी गल, गैंती, घन, बेल्चा र हिउँ काट्ने बन्चरो काँधमा बोकेर उकालो लाग्छन् । करिब ३ हजार ३ सय मिटर उचाइँमा रहेको झरनामा चिसोले बरफ जमेर चट्टान बनेको छ। धर्मशालामाथि जमेको झरना सेना–प्रहरीको बलले खुल्दैछ ...
: रौतहट सदरमुकाम गौर–६ को सवगढा गाउँमा भएको आगजनी र झडपको घटना रोक्न स्थानीय प्रशासनले तीन वटै सुरक्षा निकाय परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । अहिले गौरलगायत क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झडप क्षेत्रमा सेना परिचालन गरिएको छ भने सामाजिक सद्भाव कायम राख्न प्रमुख जिल्ला ...