मुख्य समाचार
बेलायती सरकारले एन्ड्रयू माउन्टबेटन-विन्डसरलाई राजकीय उत्तराधिकारकाे लाइनबाट हटाउन कानून ल्याउने तयारी
बेलायती सरकारले एन्ड्रयू माउन्टबेटन-विन्डसरलाई राजकीय उत्तराधिकारकाे लाइनबाट हटाउन कानून ल्याउने तयारी

: बेलायती सरकारले एन्ड्रयू माउन्टबेटन-विन्डसरलाई राजकीय उत्तराधिकारकाे लाइनबाट हटाउन कानून ल्याउने तयारी गरेको छ। रक्षा मन्त्री ल्यूक पोलार्डले बीबीसीसँग कुरा गर्दै एन्ड्रयूलाई कहिल्यै राजा बन्न नसक्ने गरी उत्तराधिकारबाट हटाउनु सही कदम हुने बताए ।

सार्वजनिक पदमा दुर्व्यवहार गरेको आरोपमा बिहीबार मात्रै एन्ड्रयुलाई हिरासतमा लिई ११ घण्टा लामो सोधपुछ पछि अनुसन्धानकै दायरामा रहने गरी रिहा गरिएको थियो। पूर्व ड्यूकमाथि चलिरहेको प्रहरी अनुसन्धान समाप्त भएपछि मात्र सरकारको उनीमाथि कदम चाल्ने छ । यद्यपि, एन्ड्रयूले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै आएका छन्।


यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्ध र सार्वजनिक पदमा दुर्व्यवहार गरेको आशंकामा प्रहरी अनुसन्धान खेपिरहेका एन्ड्रयु राजा चार्ल्स तृतीयका भाइ हाल राजगद्दीको आठौँ नम्बरको उत्तराधिकारीका रूपमा रहेका छन्। यद्यपि, उनलाई जेफ्री एपस्टीनसँगको सम्बन्धका कारण गत वर्षको अक्टोबरमै ‘प्रिन्स’ लगायतका राजकीय पदहरुबाट मुक्त गरिसकिएको छ।

रक्षा मन्त्री पोलार्डका अनुसार सरकारले यस योजनाका बारेमा बकिङ्घम प्यालेससँग समन्वय गरिरहेको छ। यो कानुन पारित भएमा एन्ड्रयूले 'काउन्सिलर अफ स्टेट' (राजाको अनुपस्थितिमा काम गर्ने प्रतिनिधि) को भूमिका समेत गुमाउनेछन्। यस कदमलाई लिबरल डेमोक्र्याट, एसएनपी र लेबर पार्टीका केही सांसदहरूले समर्थन गर्ने संकेत दिएका छन्। कन्जरभेटिभ पार्टीकी नेत्री केमी बडेनोकले भने हाल जारी प्रहरी अनुसन्धानलाई समय दिनुपर्ने बताए ।

तर यस्ता कुनै पनि निर्णयका लागि राष्ट्रमण्डलका अन्य क्षेत्रहरूसँग परामर्श र सहमति आवश्यक पर्ने छ । यो कानुन पारित गर्न बेलायती संसदको दुवै सदनबाट स्वीकृति पाउनुपर्नेछ र अन्ततः राजा चार्ल्स तृतीयले लालमोहर लगाउनुपर्नेछ। यति मात्र नभई, बेलायती राजा राष्ट्रप्रमुख रहेका क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डसहित अन्य १४ कमनवेल्थ मुलुकहरूको पनि यसमा सहमति आवश्यक पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...