मुख्य समाचार
ट्रम्पले हालै इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी
ट्रम्पले हालै इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्।

उनले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले पहिलो पटक प्रदर्शनीमा मारिनेको संख्या सार्वजनिक गरेका हुन्। यसका साथै उनले कुराकानीको क्रममा ८ सय भन्दा बढीलाई फासीको सजाय समेत दिने तयारी भएको तर अमेरिकाको कडा चेतावनी पछि उक्त निर्णय रोकिएको बताएका छन् ।


उनले भने, ‘उनीहरूले ८३७ जनालाई झुन्ड्याउन लागेका थिए, मैले भनेँ-यदि एक जनालाई मात्र पनि फाँसी दियौ भने तिमीहरू तुरुन्तै हाम्रो निशानामा पर्नेछौ। त्यसपछि उनीहरूले फाँसी रोके।’

ट्रम्पलाई पत्रकारहरुले इरानमाथिको सम्भावित हमलालाई लिएर सोधेको प्रश्नमा उनले सीमित सैन्य कारबाहीको विषयमा विचार विमर्श भइरहेको बताए। इरानमा गत पुसको अन्त्यदेखि माघको पहिलो सातासम्म ठुलो प्रदर्शन भएको थियो, जसलाई नियन्त्रण गर्न सरकारले बल प्रयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानसँग ‘शान्तिपूर्ण एकीकरण’को लागि आह्वान गरेका छन् । बिहीबार बेइजिङमा चिनियाँ क्रान्तिकारी नेता डा. सन यात–सेनको १६० औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै सीले ‘इतिहासको प्रवाहलाई कसैले रोक्न नसक्ने’ भन्दै शान्तिपूर्ण एकीकरणमा आउन तइवानसँग आह्वान गरेका हुन् । सम्बोधन क्रममा सीले सैन्य बल प्रयोगबारे भने कुनै प्रत्यक्ष कुरा निकालेनन् । सीले यस्तो सम्बोधन गरे ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले गाजाको पछिल्लो अवस्थालाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले गाजामा भइरहेको अवस्थालाई ‘मौन नरसंहार’को संज्ञा दिँदै यसबारे सञ्चारमाध्यममा लगभग शून्य ध्यान दिइएको बताएका छन् । अराघचीले एक्समा लेख्दै गाजाको भयावह अवस्था अब पश्चिमा सञ्चारमाध्यमका प्रमुख समाचार बन्न छाडेको बताएका छन् । उनले यस्तो अवस्था लज्जास्पद भएको टिप्पणी गरेका छन् । समाचारमा ...
: पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहटमा अवैध सुन खानीविरुद्धको अभियानबाट फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। आक्रमणमा कम्तिमा १० सुरक्षाकर्मी र १८ आतङ्ककारी मारिएका छन्। कोहट प्रहरी प्रवक्ता नोमान जेबले बीबीसी उर्दूलाई बताएअनुसार मृत्यु हुनेमा डीएसपी दर्जाका अधिकारी हैदर जमान पनि छन्। खैबर पख्तुनख्वा प्रहरीका अनुसार कोहट शहर नजिकैको दाराबुकाच क्षेत्रमा प्रहरीले स्थानीय प्रशासनसँग संयुक्त ...
। इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन्। अल जजिरासँगको अन्तर्वार्तामा उहाँले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको बताए। प्रस्तावमा अमेरिकी ...
। इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्‌मा ८ वटा विधेयक पेस गरेका छन्। यसमध्ये एउटा विधेयक पारित भएमा भ्रष्टाचारका मामिलामा मुद्दा खेपिरहेका नेता वा सांसद प्रधानमन्त्री बन्न पाउने छैनन्। नेतान्याहुमाथि भ्रष्टाचारका ३ वटा मुद्दा चलिरहेका छन्। यदि यो विधेयक पास भयो भने उनी पुनः प्रधानमन्त्री ...