मुख्य समाचार
बंगलादेशका विपक्षी नेता र जमात-ए-इस्लामी प्रमुख शफीकुर रहमानले पहिलो पटक सेन्ट्रल शहीद मीनारमा गएर भाषा आन्दोलनमा मारिएका शहीदहरूलाई श्रद्धाञ्जली
बंगलादेशका विपक्षी नेता र जमात-ए-इस्लामी प्रमुख शफीकुर रहमानले पहिलो पटक सेन्ट्रल शहीद मीनारमा गएर भाषा आन्दोलनमा मारिएका शहीदहरूलाई श्रद्धाञ्जली

: बंगलादेशका विपक्षी नेता र जमात-ए-इस्लामी प्रमुख शफीकुर रहमानले पहिलो पटक सेन्ट्रल शहीद मीनारमा गएर भाषा आन्दोलनमा मारिएका शहीदहरूलाई श्रद्धाञ्जली दिएका छन्।



उनीसँगै बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीन र प्रधानमन्त्री तारिक रहमान पनि श्रद्धाञ्जली दिन पुगेका थिए। श्रद्धाञ्जली २० र २१ फेब्रुअरीको रात १२ बजेपछि गरिएको थियो। २१ फेब्रुअरीलाई बंगलादेशमा भाषा आन्दोलनका शहीद स्मरण दिवसका रूपमा मनाइन्छ।


सन् १९५२ मा ढाका विश्वविद्यालयमा विद्यार्थीहरूमा प्रहरीले गोली प्रहार गर्दा धेरैको मृत्यु भएको थियो। उनीहरू तत्कालीन पाकिस्तानमा बंगाली भाषालाई राज्यभाषा बनाउने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए।

जमात प्रमुखकाे श्रद्धाञ्जलीलाई दशकीय पुरानो राजनीतिक परम्परामा ठूलो परिवर्तनको रूपमा हेरिएको छ। यसअघि परम्परागत रूपमा जमातले यसमा विरोध गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पाकिस्तानको कराँचीमा रहेको पाकिस्तान रेन्जर्स सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । शनिबार राति भएको आक्रमणमा तीन सुरक्षाकर्मी मारिएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ। सेनाले जवाफी कारबाहीमा तीन आक्रमणकारी पनि मारिएको बताएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरले अपरेशनको क्रममा एक आक्रमणकारी, एक अफगानी नागरिक, घाइते अवस्थामा पक्राउ परेको बताएको छ। शनिबार राति कराँचीको गुलिस्तान-ए-जोहर क्षेत्रमा ...
सिंगापुरका प्रधानमन्त्री वोङले रसियासँग कूटनीतिक सन्तुलन राख्न सक्लान् ?
। अमेरिका र इरानबीच होर्मुज स्ट्रेटमा शुक्रबार राति थप आक्रमण-प्रत्याक्रमण भएको छ। यसले दुई देशबीच जारी अस्थिर युद्धविरामलाई थप कमजोर बनाएको छ। द्वन्द्व सुरु भएको आज १२० औँ दिन पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार इरानको मिसाइल तथा ड्रोन भण्डारण स्थल र समुद्रतटीय रडार प्रणालीमाथि आक्रमण गरेको जनाएको छ। यो आक्रमण एक दिनअघि एक ...
: दुबईमा एक २३ वर्षीया बेलायती टिकटक इन्फ्लुएन्सरमाथि आफ्नै प्रेमीको हत्या गरेको आरोप लागेको छ । बेलायतको केन्टस्थित ग्रेभसेन्डकी ब्रुक जर्जमाथि आफ्ना प्रेमीलाई चक्कु प्रहार गरी हत्या गरेको आरोप लगाइएको हो । दुवैको भेट अनलाइनमार्फत भएको थियो र त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेका थिए । यो जानकारी ‘डिटेन्ड इन दुबई’ नामक संस्थाले दिएको हो । संस्थाका ...
: दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा बुधबार साँझ गएको विनासकारी भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या कम्तीमा १,४३० पुगेको छ। भेनेजुएलाका शीर्ष अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भग्नावशेषमा पुरिएका नागरिकहरूलाई जीवितै उद्धार गर्ने समय निकै ढिलाइ भएको बताएका छन् । अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले समयसँग प्रतिस्पर्धा गर्दै तीव्र गतिमा खोजी कार्य अघि बढाए पनि प्रभावित क्षेत्रमा ...