मुख्य समाचार
प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव हुन नदिने चलखेल गरिरहेको आरोप
प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव हुन नदिने चलखेल गरिरहेको आरोप

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव हुन नदिने चलखेल गरिरहेको आरोप लगाएका छन् । नेकपा दोलखा–काठमाडौं सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्था पूर्वराजा ज्ञानेन्द्र शाहलाई संकेत गर्दै चुनाव नहुने भ्रम फैलाइरहेको उल्लेख गरेका हुन्।

उनले नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै हल्ला र प्रचारका पछाडि नलाग्न र दृढतापूर्वक निर्वाचनको तयारीमा जुट्न अपिल गरे। उनले निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामीहरूका चलखेल र हर्कतहरूको केही अर्थ नरहेको स्पष्ट पारे ।


प्रचण्डले निर्वाचन मात्रै तुलनात्मक रूपले अहिलेको सहज विकल्प भएको सुरुदेखि नै नेकपा निर्वाचनका बिषयमा दृढतापूर्वक अडिएको धारणा राखे । देशभरि नेकपाको प्रचार अभियान अगाडि बढ्दै जाँदा बाँकी दिन युद्धस्तरमा खट्न सके एक पटक देशको नम्बर एक पार्टी बन्ने र देशमा एउटा नयाँ परिस्थिति बनाउन सम्भव रहेको उनले बताए ।

उनले केहि दिन हावाहुरी आए जस्तो देखिए पनि हावाहुरी सधैँ नचल्ने कुरा जनताले बुझिसकेको जिकिर गरे । त्यस्तै प्रचण्डले अहिलेको कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रलाई बचाई राख्ने र अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतिर लैजाने संकल्पको साथ नेकपा खडा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सपन्न भएर मुलुकमा शान्ति, स्थिरता र सुशासन कायमको कामना गरेकी छन् । लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरी मन्दिर परिसरमा रहेको आगन्तुक पुस्तिकामा आफ्ना भावना राख्दै शान्तिको मुहान लुम्बिनी भ्रमण गर्न पाउँदा खुसी भएको उल्लेख गरेकी छन् । सेनाको हेलिकप्टरबाट शनिबार यहाँ आएकी उनले मायादेवी ...
— हेटौंडा उपमहानगरपालिका-२ सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटाइएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिद्धार्थ माविमा रहेको मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयसेवकहरु पनि महिला नै राखिएका छन् । यी मतदानस्थलमा खटिने सबै ...
— गत महिना एक साता लामो डढेलोको धुँवा पन्छिएसँगै सिन्धुपाल्चोकको उत्तरी भेगको जनजीवन बिस्तारै लयमा फर्किन थालेको छ। धुँवा हटेसँगै तातोपानी नाका आसपास मानिसको आवतजावत र साना व्यापार–व्यवसायमा चाप बढेको देखिन्छ । लिपिङ र तातोपानी बजारमा सवारीसाधनको ताँती लागेपछि नाका पुनः चलायमान हुने झिनो आशा स्थानीयमा पलाएको छ । यही चहलपहलबीच फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई ...
— गत बुधबार बिहान बनेपास्थित चाँदनी चोकमा प्रहरीमाथि ढुंगामुढा र टिप्परमा आगजनी गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान बनेपामा ८ बजेतिर साँगा तर्फ गइरहेको बाप्र०१–००४ क ३४२३ नम्बरको टिप्पर र सोही दिशा तर्फ गइरहेको बाप्र०२–०६३प ९१८९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका स्कुटर चालक ३० वर्षीय ओमन प्रधानको शीर ...
— प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएकी छन् । शनिबार बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य कार्यादेश शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भन्दै त्यसमै सबै ध्यान केन्द्रीत गर्न र भरपर्दो सुरक्षा रणनीति तयार गरेर अघि बढन निर्देशन दिएकी हुन् ...