मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त

— प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छिन्।

चुनावी माहोल बुझ्न शनिबार लुम्बिनी प्रदेशको रुपन्देही पुगेकी उनले दलहरूबीचमै विभिन्न बाहानामा झडप हुने कुराले सुरक्षाको वातावरण बिग्रिने भन्दै सजक बन्नुपर्नेमा जोड दिइन्।

‘जिल्ला जिल्लाको समस्याहरु पनि यहाँ देखियो,’ कार्कीले भनिन्, ‘तराईतिर दुई/तीन वटा पार्टीहरू अलि बढी सक्रिय र उनीहरु प्रभावकारी छन्। त्यो पार्टी बीचमा कसले जित्ने कसले हार्ने त्यो बीचमा केही खेल गर्न खोज्नु र त्यसै झडपको रुपमा परिणत हुनु, त्यो त हामीले अब एउटा आशंका गर्ने ठाउँ भयो ।’

पार्टीहरूबीचनै यस्ता झडपका अवस्था आउनसक्ने भन्दै उनले सुरक्षाकर्मीहरुलाई यसबारे तयारी गर्न समेत निर्देशन दिइन्। ‘नहुन पनि सक्छ, हुन पनि सक्छ तर यो कुरालाई तयारी त हुनुपर्‍यो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब हिजो एउटाको पार्टीको अर्कोले झण्डा जलायो भन्ने यस्ता कुरा पनि आएको छ। यस्तो किसिमको आउन सक्छ। तयारी हुनुपर्ने हो।’

उनले केही पार्टीले चुनाव बहिस्कारको कुरा गरेको भए पनि तिनीहरू एकदमै कमजोर रहेको र चुनावमा हार्ने डरले बहिस्कारको कुरा गरेको उल्लेख गरिन्।

‘मैले अध्ययन गरेअनुसार त्यति एउटा, दुई, चार, पाँच जनाको एउटा समूह छ, त्यो चुनाव लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन,’ कार्कीले भनिन्, ‘सबैलाई त दोष लाउन मिल्दैन। कसै कसैले यसो एक्स्टर्सनबाट पैसासैसा पनि उठाउने, पार्टीको अस्तित्व पनि देखाउन निर्वाचन लड्दिन भन्दिए पछि पुगि गयो, केही गर्न परेन। पार्टी जीवित पनि रही रहन्छ, पैसा उठी पनि रहन्छ। यो खालको प्रवृति देखियो ।’

‘कसैले मैले यो व्यापार गरेको छु, यो उद्योग गरेको छु पार्टीबाट भन्यो त्यसैलाई देखाइदियो, त्यो खालको देखिएको छ। तर पनि यसमा सतर्क त हुनुपर्छ,’ उनले थपिन्।

त्यस्तै प्रधानमन्त्री कार्कीले होली पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सपन्न भएर मुलुकमा शान्ति, स्थिरता र सुशासन कायमको कामना गरेकी छन् । लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरी मन्दिर परिसरमा रहेको आगन्तुक पुस्तिकामा आफ्ना भावना राख्दै शान्तिको मुहान लुम्बिनी भ्रमण गर्न पाउँदा खुसी भएको उल्लेख गरेकी छन् । सेनाको हेलिकप्टरबाट शनिबार यहाँ आएकी उनले मायादेवी ...
— हेटौंडा उपमहानगरपालिका-२ सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटाइएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिद्धार्थ माविमा रहेको मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयसेवकहरु पनि महिला नै राखिएका छन् । यी मतदानस्थलमा खटिने सबै ...
— गत महिना एक साता लामो डढेलोको धुँवा पन्छिएसँगै सिन्धुपाल्चोकको उत्तरी भेगको जनजीवन बिस्तारै लयमा फर्किन थालेको छ। धुँवा हटेसँगै तातोपानी नाका आसपास मानिसको आवतजावत र साना व्यापार–व्यवसायमा चाप बढेको देखिन्छ । लिपिङ र तातोपानी बजारमा सवारीसाधनको ताँती लागेपछि नाका पुनः चलायमान हुने झिनो आशा स्थानीयमा पलाएको छ । यही चहलपहलबीच फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई ...
— गत बुधबार बिहान बनेपास्थित चाँदनी चोकमा प्रहरीमाथि ढुंगामुढा र टिप्परमा आगजनी गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान बनेपामा ८ बजेतिर साँगा तर्फ गइरहेको बाप्र०१–००४ क ३४२३ नम्बरको टिप्पर र सोही दिशा तर्फ गइरहेको बाप्र०२–०६३प ९१८९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका स्कुटर चालक ३० वर्षीय ओमन प्रधानको शीर ...
— प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएकी छन् । शनिबार बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य कार्यादेश शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भन्दै त्यसमै सबै ध्यान केन्द्रीत गर्न र भरपर्दो सुरक्षा रणनीति तयार गरेर अघि बढन निर्देशन दिएकी हुन् ...