मुख्य समाचार
रामेछापमा बोलेरोको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
रामेछापमा बोलेरोको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

— रामेछाप नगरपालिका–६ च्यास्कु बजारमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा ४ वर्षीया बालिकाको मृत्यु भएको छ।

शनिबार दिउँसो बागमती प्रदेश ०१–०३१ च ५०७५ नम्बरको डबल क्याब बोलेरो गाडीले ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी ४ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो।

गाडी चालक नभएको अवस्थामा मौका छोपेर एक अटो चालकले बोलेरो चलाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिए।

स्थानीयका अनुसार बालिका पसलमा सामान किनिरहेको अवस्थामा बोलेरो गाडी सटरभित्रै छिरेको थियो। दुर्घटनामा केही स्थानीयसमेत घाइते भएका छन्। घाइतेलाई उपचारका लागि रामेछाप अस्पताल लगिएको स्थानीयले बताए। घटनाले च्यास्कु बजार क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सपन्न भएर मुलुकमा शान्ति, स्थिरता र सुशासन कायमको कामना गरेकी छन् । लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरी मन्दिर परिसरमा रहेको आगन्तुक पुस्तिकामा आफ्ना भावना राख्दै शान्तिको मुहान लुम्बिनी भ्रमण गर्न पाउँदा खुसी भएको उल्लेख गरेकी छन् । सेनाको हेलिकप्टरबाट शनिबार यहाँ आएकी उनले मायादेवी ...
— हेटौंडा उपमहानगरपालिका-२ सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटाइएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिद्धार्थ माविमा रहेको मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयसेवकहरु पनि महिला नै राखिएका छन् । यी मतदानस्थलमा खटिने सबै ...
— गत महिना एक साता लामो डढेलोको धुँवा पन्छिएसँगै सिन्धुपाल्चोकको उत्तरी भेगको जनजीवन बिस्तारै लयमा फर्किन थालेको छ। धुँवा हटेसँगै तातोपानी नाका आसपास मानिसको आवतजावत र साना व्यापार–व्यवसायमा चाप बढेको देखिन्छ । लिपिङ र तातोपानी बजारमा सवारीसाधनको ताँती लागेपछि नाका पुनः चलायमान हुने झिनो आशा स्थानीयमा पलाएको छ । यही चहलपहलबीच फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई ...
— गत बुधबार बिहान बनेपास्थित चाँदनी चोकमा प्रहरीमाथि ढुंगामुढा र टिप्परमा आगजनी गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान बनेपामा ८ बजेतिर साँगा तर्फ गइरहेको बाप्र०१–००४ क ३४२३ नम्बरको टिप्पर र सोही दिशा तर्फ गइरहेको बाप्र०२–०६३प ९१८९ नम्बरको स्कुटर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका स्कुटर चालक ३० वर्षीय ओमन प्रधानको शीर ...
— प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएकी छन् । शनिबार बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य कार्यादेश शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भन्दै त्यसमै सबै ध्यान केन्द्रीत गर्न र भरपर्दो सुरक्षा रणनीति तयार गरेर अघि बढन निर्देशन दिएकी हुन् ...