मुख्य समाचार
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौँ तथा अन्तिम समीक्षामा कर्मचारी तहमा सहमति
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौँ तथा अन्तिम समीक्षामा कर्मचारी तहमा सहमति

। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौँ तथा अन्तिम समीक्षामा कर्मचारी तहमा सहमति भएको छ ।

नेपाल मिसन प्रमुख सरवत जहाँको नेतृत्वमा फेब्रुअरी ६ देखि २० सम्म गरेको काठमाडौं भ्रमणका क्रममा यस्तो समझदारी भएको आईएमएफले जनाएको छ ।

यो सहमतिलाई आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले करिब ४ करोड ३२ लाख अमेरिकी डलर (करिब ६ अर्ब नेपाली रुपैयाँ) बराबरको ऋणमा पहुँच पाउनेछ ।

करिब चार वर्षअघि शुरु भएको विस्तारित कर्जा सुविधाअन्तर्गत नेपालले विभिन्न आर्थिक सुधारका काम गरिरहेको छ भने कुल ३९ करोड ५९ लाख अमेरिकी डलर (हालको विनिमयदर अनुसार करिब ५७ अर्ब रुपैयाँ) को वित्तीय सहयोग नेपालले पाउनेछ ।

यो अन्तिम समीक्षा आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले पाउने सम्पूर्ण आर्थिक सहयोग निकाल्न पाउनेछ ।

नेपाल मिसन प्रमुख जहाँ नेतृत्वको टोलीले ईसीएफको समीक्षाका अतिरिक्त सन् २०२६ को आर्टिकल फोर कन्सल्टेसनका लागि छलफलसमेत गरेको जनाइएको छ ।

‘कठिन आन्तरिक परिस्थितिको बाबजुद नेपालले ईसीएफअन्तर्गतका कार्यक्रम कार्यान्वयनमा प्रगति गरेको छ । कार्यक्रमको कार्यप्रगति सन्तोषजनक छ । बालकल्याणका लागि अनुदानसम्बन्धी संकेतात्मक लक्ष्य सीमान्त रुपमा पूरा नभएबाहेक २०२५ जुलाई मध्यसम्म पूरा गर्नुपर्ने सबै मात्रात्मक प्रदर्शन लक्ष्यहरू पूरा भएका छन्,’ नेपाल मिसन सम्पन्न भएपछि जहाँले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सातौं समीक्षामा सम्पन्न प्रमुख सुधारहरूमा भन्सार अनुपालन सुधार रणनीति (ऋगकतयmक ऋयmउष्बिलअभ क्ष्mउचयखझभलत क्तचबतभनथ) लागू, बैंकहरुको ऋण पोर्टफोलियो समीक्षा (एलपीआर) अन्तर्गत अनसाइट इन्स्पेक्सन सम्पन्न हुनु र सम्पत्ति वर्गीकरणसम्बन्धी विनियमहरूलाई बैंक सुपरीवेक्षणसम्बन्धी बासेल समिति (द्यऋद्यक्) का मापदण्डसँग पुन: मिल्दो बनाउनुजस्ता काम रहेको आईएमएफले जनाएको छ ।

सन् २०२१ को आईएमएफको सेफगार्ड मूल्यांकन तथा सन् २०२३ को वित्तीय क्षेत्र स्थायित्व प्रतिवेदनका प्रमुख सिफारिसहरू नेपाल राष्ट्र बैंक ऐन संशोधनको मस्यौदामा समावेश गर्ने सहमति भएको पनि वक्तव्यमा उल्लेख छ ।

राष्ट्र बैंक ऐन संशोधन विधेयक संसदमा पेस गर्नु कार्यक्रम अन्तर्गतका सुधारहरूको एउटा अत्यावश्यक चरण भएको आईएमएफले जनाएको छ ।

आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ देखि ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ, जुन मुलुकको सम्भाव्यताभन्दा कम हो । आर्थिक अनिश्चितता, निजी क्षेत्रको न्यून मनोबल र पुँजीगत आयोजनाहरूको सुस्त कार्यान्वयनका कारण वृद्धिदर प्रभावित भएको कोषको निष्कर्ष छ ।

यद्यपि, शान्तिपूर्ण राजनीतिक संक्रमण र पुँजीगत खर्च बढाउने नीतिगत उपायहरूले भविष्यमा समावेशी वृद्धिको आधार तयार पार्न सक्ने आईएमएफले जनाएको छ । ‘विरोध प्रदर्शनका कारण भएका क्षति र आर्थिक अनिश्चितताले आर्थिक क्रियाकलाप र निजी क्षेत्रको विश्वासमा नकारात्मक असर पारेका छन्, जसले लगानी निर्णयमा ढिलाइ ल्याएको छ,’ आईएमएफको वक्तव्यमा उल्लेख छ ।

नेपालको वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएकोप्रति आईएमएफले सचेत गराएको छ । जनवरी २०२६ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) ५.४ प्रतिशत पुगेको छ । हालै सम्पन्न ऋण पोर्टफोलियो समीक्षाका आधारमा यो तथ्यांक अझै बढ्न सक्ने अनुमान गरिएको छ । बैंकहरूको वासलात बलियो बनाउन र राष्ट्र बैंकको नियामक क्षमता अभिवृद्धि गर्न थप सुधारको आवश्यकता औंल्याइएको छ ।

‘एलपीआरले बैंकहरूको वित्तीय स्थिति सुदृढ पार्ने, सम्पत्ति गुणस्तरको अझै यथार्थ मूल्यांकन गर्न राष्ट्र बैंकको नियामकीय तथा सुपरीवेक्षण पद्धति सुधार गर्ने सिफारिसहरू गर्ने सम्भावना छ । बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय अवस्था अझै चुनौतीपूर्ण नै रहेको छ,’ आईएमएफले भनेको छ ।

आगामी दिनमा, शान्तिपूर्ण राजनीतिक रुपान्तरणले निजी क्षेत्रको विश्वास पुन:स्थापित गर्ने, लगानी र खपतमा वृद्धि ल्याउने तथा आन्तरिक मागको पुनरुत्थान तीव्र पार्ने अपेक्षा गरिएको आईएमएफले जनाएको छ । तथापि, राजनीतिक अनिश्चितता, पूँजीगत परियोजनाको कमजोर कार्यान्वयन, वित्तीय क्षेत्रका कमजोरीहरूमा वृद्धि र रेमिट्यान्सको सुस्ततालगायतका कारणले आर्थिक परिदृश्यमा उल्लेख्य जोखिमहरू रहनेछन्,’ जहाँले आफ्नो विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

राष्ट्र बैंकको स्वायत्तता र सुशासन सुदृढ गर्न नेपाल राष्ट्र बैंक ऐन संसदमा पेस गर्नुलाई आईएमएफले सुधारको महत्वपूर्ण हिस्सा मानेको छ । प्रस्तावित एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्दा अन्तर्राष्ट्रिय अभ्यासहरू पालना गर्नुपर्ने कुरालाई पनि आईइमएफले महत्वपूर्ण रुपमा उल्लेख गरेको छ ।

विकास खर्च जुटाउन आन्तरिक राजस्व परिचालनमा जोड दिनुपर्ने सुझाव पनि दिइएको छ । कोषले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न एन्टि–मनी लाउन्डरिङ फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएको छ ।

भ्रमणका क्रममा आईएमएफ टोलीले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल लगायतसँग भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
। रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ । कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ । कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ । रसुवा र तातापानी नाकाको ...
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम