मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । सर्वोच्च अदालतले यसअघि उनले लगाएका आयात कर खारेज गरेपछि ट्रम्पले त्यस निर्णयको आलोचना गर्दै नयाँ कदम चाल्ने बताएका हुन् ।

शुक्रबार उनले अदालतले खारेज गरेका शुल्कको सट्टा अमेरिकामा आउने सबै वस्तुमा १० प्रतिशत कर लगाइने बताएका थिए । तर शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा उनले एक कहिल्यै प्रयोग नगरिएको व्यापार कानुनअन्तर्गत अधिकतम १५ प्रतिशतसम्म बढाइने घोषणा गरे ।

सन् १९७४ को ट्रेड एक्टको धारा १२२ अन्तर्गत लगाइने यो कर करिब पाँच महिनासम्म मात्र लागू रहन सक्ने बीबीसीले जनाएको छ । त्यसपछि प्रशासनले यसलाई निरन्तरता दिन कांग्रेसको स्वीकृति लिनुपर्छ ।

१० प्रतिशत कर मंगलबार, २४ फेब्रुअरीदेखि लागू हुने तय गरिएको थियो । १५ प्रतिशत पनि त्यही मितिदेखि लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।

नयाँ १५ प्रतिशत अस्थायी कर दरले बेलायत र अष्ट्रेलियाजस्ता देशका लागि अन्योल सिर्जना गरेको छ, जसले यसअघि अमेरिकासँग १० प्रतिशत दरमा सहमति गरेका थिए ।

ट्रम्पले सर्वोच्च अदालतको ‘हास्यास्पद, कमजोर रूपमा लेखिएको र अत्यन्तै अमेरिका विरोधी निर्णय’को समीक्षा पछि कर बढाउने निर्णय गरिएको बताएका छन् ।

६–३ को निर्णयमा सर्वोच्च अदालतका न्यायाधीशहरूले सन् १९७७ को ‘इन्टरनेशनल इमर्जेन्सी इकनोमिक पावर्स एक्ट (आईईपीए)’ प्रयोग गरी गत वर्ष लगाइएका विश्वव्यापी करमार्फत राष्ट्रपति ट्रम्पले आफ्नो अधिकारको सीमा नाघेको ठहर गरेका थिए ।

सरकारी तथ्यांकअनुसार आईईपीए अन्तर्गत अमेरिकाले कम्तीमा १३० अर्ब डलर कर संकलन गरिसकेको छ ।

निर्णयपछि ट्रम्पले अदालतका केही सदस्यहरूप्रति ‘लज्जित’ भएको बताएका थिए र आफ्नो व्यापार नीतिलाई अस्वीकार गर्ने न्यायाधीशहरूलाई ‘मूर्ख’ भनेका थिए ।

कर खारेज गर्ने निर्णय अदालतका तीन उदारवादी न्यायाधीश, प्रमुख न्यायाधीश जोन रोबर्ट्स (जर्ज डब्लु बुशद्वारा मनोनित) र ट्रम्पद्वारा मनोनित एमी कोनी बैरेट तथा निल गोर्सुचको समर्थनमा आएको थियो । तीन अन्य रूढीवादी न्यायाधीश क्लेरेन्स थोमस, ब्रेट काभानाफ र सामुएल एलिटोले असहमति जनाएका थिए ।

ट्रम्पका लागि भन्सार नीति उनको आर्थिक एजेन्डाको मुख्य हिस्सा हो । उनले यसले व्यवसायलाई विदेशभन्दा अमेरिकामै लगानी र उत्पादन गर्न प्रोत्साहन गर्ने बताएका छन् । तर सर्वोच्च अदालतको निर्णयले उनको अधिकारमा ठूलो अंकुश लगाएको र दोस्रो कार्यकालको एजेन्डामा धक्का पुगेको विश्लेषण गरिएको छ ।

ट्रम्पले व्यापार घाटा घटाउन कर आवश्यक भएको दाबी गरेका छन् । तर हालै सार्वजनिक तथ्यांकअनुसार अमेरिकाको व्यापार घाटा २.१ प्रतिशतले बढ्दै करिब १.२ ट्रिलियन डलर पुगेको छ ।

बाल्टिमोरस्थित मार्लिन स्टिल वायर प्रोडक्ट्सका मालिक ड्रु ग्रीनब्लाटले सर्वोच्च अदालतको निर्णयप्रति निराशा व्यक्त गरे । उनका अनुसार यसले मध्यम वर्गमा उक्लने अवसर पाएका श्रमिकहरूलाई असर पार्नेछ ।

तर भर्जिनियाका सोयाबिन किसान तथा नेशनल ब्ल्याक फार्मर्स एसोसिएसनका संस्थापक जोन बोयडले भने यो आफ्नो लागि ठूलो जित र राष्ट्रपतिका लागि हार भएको बताएका छन् ।

पूर्व बेलायती सरकारी व्यापार सल्लाहकार एली रेनिसनले भने, ‘यो स्वतन्त्र व्यापारका लागि राम्रो दिनजस्तो देखिए पनि व्यापार झन् जटिल भएको छ ।’ उनका अनुसार ट्रम्प प्रशासनअन्तर्गत भन्सार नीतिमा टुक्रे–टुक्रे दृष्टिकोण अपनाइँदा व्यवसायमा अन्योल बढेको छ ।

धारा १२२ अन्तर्गत अधिकांश वस्तुमा १५ प्रतिशत कर लाग्ने भए पनि महत्वपूर्ण खनिज, धातु र औषधि जस्ता वस्तुमा छुट दिइनेछ । स्टिल, एल्युमिनियम, काठ र सवारीसाधनमा यसअघि लगाइएका अलग कर भने यथावत रहनेछन् ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार बेलायतलगायत अमेरिकासँग व्यापार सम्झौता गरेका देशहरू पनि धारा १२२ अन्तर्गतको विश्वव्यापी करको दायरामा पर्नेछन् । यद्यपि बेलायतका स्टिल, एल्युमिनियम, औषधि, सवारी र एरोस्पेस क्षेत्रसँग सम्बन्धित सम्झौतामा भने असर नपर्ने बताइएको छ ।

फ्रान्स र जर्मनीका नेता के भन्छन् ?

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सले परिस्थितिअनुसार अनुकूलन गर्ने बताएका छन् । जर्मनीका चान्सलर फ्रिडरिख मर्जले भन्सारसम्बन्धी अनिश्चिततालाई ‘विष’को संज्ञा दिएका छन् ।

सर्वोच्च अदालतको निर्णयले उपभोक्ता र व्यवसायलाई अवैध रूपमा उठाइएको कर फिर्ता माग्ने बाटो खुला गरेको छ । तर ट्रम्पले फिर्ता प्रक्रिया कानुनी लडाइँका कारण वर्षौं लाग्न सक्ने बताएका छन् ।

अमेरिकी चेम्बर अफ कमर्सका नील ब्राड्लीले छिटो कर फिर्ता भए साना व्यवसायलाई राहत पुग्ने बताएका छन् । नेशनल रिटेल फेडेरेसनले पनि आयातकर्तालाई कर फिर्ता गर्ने सहज प्रक्रिया सुनिश्चित गर्न अदालतसँग आग्रह गरेको छ ।

वाशिङ्टन राज्यकी डेमोक्र्याट सिनेटर मारिया क्यान्टवेलले ट्रेजरी सचिव स्कट बेस्सेन्टलाई पत्र लेख्दै कर फिर्ता योजनाबारे स्पष्ट जानकारी मागेकी छन् ।

तर लुइसियानाका रिपब्लिकन सिनेटर जोन केनेडीले डेमोर्क्याटहरूले कर फिर्ता मुद्दा उठाए त्यसले उल्टै रिपब्लिकनलाई आगामी निर्वाचनमा फाइदा पुग्न सक्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम