मुख्य समाचार
सन् २०२२ मा रुसी आक्रमण सुरु भएयता पहिलो पटक युक्रेनले आफ्नो सैन्य सामग्री विदेशमा निर्यात गर्ने अनुमति
सन् २०२२ मा रुसी आक्रमण सुरु भएयता पहिलो पटक युक्रेनले आफ्नो सैन्य सामग्री विदेशमा निर्यात गर्ने अनुमति

। सन् २०२२ मा रुसी आक्रमण सुरु भएयता पहिलो पटक युक्रेनले आफ्नो सैन्य सामग्री विदेशमा निर्यात गर्ने अनुमति दिएको छ।

युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद् (एनएसडीसी) का उप-सचिव डेभिड अलोयानका अनुसार, एक सरकारी आयोगले ४० वटा निर्यात आवेदनहरू मध्ये अधिकांशलाई स्वीकृति दिएको छ। यसबाट यो वर्ष अरबौं डलर आम्दानी हुने अपेक्षा गरिएको छ ।


युक्रेनले तत्कालका लागि तयारी हतियारहरू भन्दा पनि स्पेयर पार्ट्स, कम्पोनेन्ट र सैन्य सेवाहरू निर्यात गर्नेछ । यसमा ‘फ्रान्केन-एसएएम’ कार्यक्रमसँग सम्बन्धित उपकरणहरू पनि सामेल छन्, जसले पुराना सोभियत लन्चर र पश्चिमी मिसाइलहरूलाई जोड्ने काम गर्छ ।

सरकारले रक्षा उत्पादकहरूमाथि नयाँ निर्यात कर लगाउनेबारे विचार गरिरहेको छ । यसबाट संकलित रकम युक्रेनी सेनाको आन्तरिक आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ ।




अमेरिका, बेलायत, जर्मनी र नर्डिक देशहरूका साथै मध्यपूर्वका तीनवटा राष्ट्रहरूले युक्रेनको ड्रोन र मिसाइल प्रविधिमा ठूलो चासो देखाएका छन् ।

युक्रेनलाई युद्धमा सबैभन्दा बढी सहयोग गर्ने देशहरूलाई निर्यातमा प्राथमिकता दिइनेछ । सरकारले तयारी सामान बेच्नुभन्दा विदेशी लगानी भित्र्याउन ‘संयुक्त उपक्रम’लाई बढी जोड दिएको छ ।

युक्रेनको घरेलु सैन्य उत्पादन क्षमता अहिले ५५ अर्ब डलर भन्दा बढी भए पनि बजेट अभावका कारण करिब ३०-३५ अर्ब डलर बराबरको क्षमता प्रयोगविहीन छ।

यो नयाँ नीतिले उक्त क्षमतालाई उपयोग गर्दै अर्थतन्त्र बलियो बनाउने र सैन्य प्रविधिलाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...