मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका अब १२ दिन बाँकी
प्रतिनिधिसभा निर्वाचनका अब १२ दिन बाँकी

। प्रतिनिधिसभा निर्वाचनका अब १२ दिन बाँकी छन् । हुम्लाको हिमालपारिको क्षेत्र लिमी उपत्यकाको जाङ गाउँ भने यति बेला रित्तो छ ।

६४ घरधुरी रहेको जाङ गाउँका सबैजसो घरमा ताल्चा लागेको छ । गाउँ पूरै सुनसान छ । कुनै घरका झ्यालका सिसा फुटेका छन्, कोही घर बाँझा नै भइसके ।




१० वर्षदेखि जाङका बासिन्दाले गाउँ छाडेर सहर पस्न थालेका हुन् । त्यसयता गाउँ निरन्तर रित्तिँदै जाँदा अहिले भने पूरै खाली बनिसकेको छ । सहर झरेका मतदाता प्रतिनिधिसभा निर्वाचन नजिक आइरहँदा पनि अहिलेसम्म गाउँ फर्किएका छन् । न फर्किने सुरसार नै छ ।

नाम्खा गाउँपालिका–६ मा पर्ने न्यालुलेक पाँच हजार दुई सय मिटर उचाइको क्षेत्र हो । जहाँबाट हिमपातले बाटो अवरुद्ध पारेको छ । तिलगाउँ, हल्जी र जाङ जाँदा हिल्सा नाका हुँदै जानुपर्छ । सोही नाकामा पर्ने नाम्खा गाउँपालिका- ५ स्थित नारा लेकमा पनि हिमपातले सडक अवरुद्ध छ । त्यो क्षेत्र चार हजार ४४९ मिटर उचाइमा पर्छ ।




चुनाव नजिकै आउँदा मतदाता मात्र नभई जिल्लास्थित सरोकारवाला निकाय पनि बाटो खुलाउन मौन देखिएका छन् । नाम्खा क्षेत्रकै अधिकांश मतदाता जिल्लाभन्दा बाहिर रहेका नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयमा २९३ मतदाता छन् । यस्तै जाङको भृकुटी आधारभूत विद्यालयमा २४७ र तिलगाउँको हिमशिखर आधारभूत विद्यालयमा १३२ मतदाता छन् ।

यी तीन वटा मतदान केन्द्रमा मात्रै ६७२ मतदाता रहेको वडाध्यक्ष तामाङले बताए । ‘अहिले त्यसमध्ये ३० प्रतिशत मतदाता मात्रै गाउँमा छन् । बाँकी जिल्लाबाहिरका सहरदेखि काठमाडौँसम्म छन्’, उनले भने । जिल्लास्थित सरोकारवाला निकायमा सडकको हिउँ पन्छाउन अथवा दोस्रो चरणमा निर्वाचन गराउन प्रस्ताव राख्दा पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।

चुनावी प्रचार पनि छैन

हुम्लाका अधिकांश गाउँमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी(नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा माओवादी, प्रगतिशील लोकतान्त्रिक पार्टी चुनावी प्रचारमा पुगिरहेका छन् ।

तर, हालसम्म नाम्खा गाउँपालिका-६ मा रहेको लिमी उपत्यका क्षेत्रमा भने पुग्न सकेका छैनन् ।

रास्वपाबाट हुम्लामा उम्मेदवार रहेकी टासी ल्हाजोम नाम्खा गाउँपालिका-६ लिमी उपत्यकाकै बासिन्दा हुन् । हिमपातले बाटो अवरुद्ध हुँदा उनी पनि आफ्नै गाउँसम्म पुग्न सकेकी छैनन् । सडकको हिउँ पन्छाउन आफूले पनि जिल्लास्थित सरोकारवालासँग आग्रह गरेको टासीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको सभापति थापाले बताए । ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाले धनी बनाउने नभई संकल्पले बन्ने बताएका छन् । शनिबार निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । ‘पैसाले धनी बनाउने होइन, पैसाले विकास गर्ने होइन,’ ओलीले भने, ‘विकास आइडिया, दृष्टिकोण र सोचले गर्छ । विकास भएपछि पैसा कमाइन्छ ।’ अर्बौँ जनसंख्या भए पनि गरिब रहेको चीनले गरिबी ...
। सरकारले निर्वाचनका बेलामा तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै एआईजी चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए । ‘निर्वाचनमा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति जनाएका छन् । श्निबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले साधारण तारेख तोकिनु व्यवहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको आरोप लगाए । ‘सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनपर्थ्यो,’ ओलीले भने, ...
। प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् । लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले सुरुमा लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय अवलोकन गरेकी छन् । त्यसपछि ५ हजार जना क्षमताको सभाहल र थाई बिहार पनि अवलोकन गरिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र छोटो पूजा गरिन् । लुम्बिनी आगमनका क्रममा प्रधानमन्त्री ...