मुख्य समाचार
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बित्दा साढे १७ प्रतिशत मात्रै वित्तीय प्रगति
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बित्दा साढे १७ प्रतिशत मात्रै वित्तीय प्रगति

। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना बित्दा साढे १७ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कुल ६७ अर्ब ४७ करोड ७३ लाख विनियोजित बजेटमध्ये १७.७९ प्रतिशत मात्रै खर्च भएको छ ।

माघ मसान्तसम्मको कुल खर्च १२ अर्ब ३१ लाख ७५ हजार मात्र बजेट खर्च भएको मन्त्रालयले जनाएको छ । पुँजीगततर्फ विनियोजित ४१ अर्ब ४३ करोड ३५ लाख ३६ हजार रुपैयाँमध्ये ५ अर्ब २२ करोड ८५ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिए । जुन १२.६२ प्रतिशत मात्रै हो ।

चालुतर्फको खर्च भने २६.१ प्रतिशत छ । चालुतर्फ २६ अर्ब ४ करोड ३७ लाख ९१ हजार रुपैयाँमध्ये ६ अर्ब ७७ करोड ४६ लाख २४ हजार रुपैयाँ खर्च भएको छ ।

पुँजीगत बजेट विकास निर्माणमा र चालुतर्फको बजेट प्रशासनिक, कर्मचारी तथा पदाधिकारीको तलब, भत्तासहित साधारण प्रकृतिको कार्यमा हुने खर्च हो ।

कुन मन्त्रालयको बजेट खर्च कति ?

माघ मसान्तसम्म सबैभन्दा बढी खर्च श्रम रोजगार तथा यातायात मन्त्रालयले गरेको छ । कुल विनियोजित ७२ करोड ५ लाख ४४ हजार रुपैयाँमध्ये पुँजीगततर्फ २६ दशमलव ३८ प्रतिशत र चालुतर्फ ३७ दशमलव ७८ प्रतिशत खर्च गरेको छ । यो मन्त्रालयले ७ महिनामा कुल २५ करोड १८ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ३१.५९ प्रतिशत बजेट खर्च गरेको छ, जुन रकममा एक अर्ब ११ करोड ८५ लाख ९२ रुपैयाँ हो । जसमा चालुतर्फ एक अर्ब ६ करोड ५३ लाख ३६ हजार र पुँजीगततर्फ जम्मा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ मात्रै खर्च भएको छ । स्वास्थ्य मन्त्रालयलाई चालु आर्थिक वर्ष ३ अर्ब ५४ करोड १३ लाख ९३ हजार रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।

२० करोड ७८ लाख ८१ हजार रुपैयाँ बजेट पाएको आर्थिक मामिला तथा योजना मन्त्रालयले २९ दशमलव ३६ प्रतिशत अर्थात् ६ करोड १० लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ । जसमा चालुतर्फ ५ करोड २५ लाख २८ हजार र पुँजीगततर्फ ८ करोड ५१ लाख ४ हजार रुपैयाँ छ ।

पुँजीगततर्फ विनियोजित ४१ अर्ब ४३ करोड ३५ लाख ३६ हजार रुपैयाँमध्ये ५ अर्ब २२ करोड ८५ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिए । जुन १२.६२ प्रतिशत मात्रै हो ।
वन तथा वातावरण मन्त्रालयले ३ अर्ब ६७ करोड ४५ लाख ५५ हजार बजेटमध्ये २२.३४ प्रतिशत अर्थात् ८२ करोड ८ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ । जसमा पुँजीगततर्फ ३५ करोड ७ लाख ६३ हजार र चालुतर्फ ४७ करोड ५९ हजार रुपैयाँ खर्च गरेको छ ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले ६४ करोड ८५ लाख १३ हजार कुल बजेटमध्ये १३ करोड ३ लाख ३७ हजार बजेट खर्च गरेको छ ।

सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट कार्यान्वयन १८ दशमलव ५५ प्रतिशत मात्र छ । २१ अर्ब १६ करोड ४० लाख ४५ हजार रुपैयाँमध्ये यो मन्त्रालयले जम्मा ३ अर्ब ९२ करोड ६२ लाख ७७ हजार बजेट मात्रै खर्च गरेको छ । जसमा पुँजीगततर्फ ३ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र चालुतर्फ १५ करोड ९४ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालयले कुल विनियोजित बजेटको ४.२४ प्रतिशत खर्च गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२.३१ प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १५.८१ प्रतिशत, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले १२.७८ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३२.६९ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयले १४.४७ प्रतिशत, युवा तथा खेलकुद मन्त्रालयले ८.७८ प्रतिशत र सामाजिक विकास मन्त्रालयले १७.३५ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेशसभा सचिवालयले ३३.८४ प्रतिशत, प्रदेश लोकसेवा आयोगले ४०.०९ प्रतिशत, मुख्य न्यायाधिवक्ता कार्यालयले ३३.१९ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश नीति तथा योजना आयोगले २५.८६ प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दसैं–तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरुद्ध हुँदा एकातिर व्यापारीको लगानी फँस्ने सम्भावना छ भने अर्कोतिर चाडपर्वको बजार महँगिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले भन्सार कार्यालय, सडक तथा अन्य संरचनामा क्षति पुर्‍याएपछि रसुवागढी नाका बन्द भएको ...
— यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ । अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो । राष्ट्र बैंकले नयाँ नोट साट्न विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र ...
। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् । यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ...
: आफूसँग भएका जहाजसमेत पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका ५ चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन् , एउटा ट्विनअटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...