मुख्य समाचार
नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित
नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित

। नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् ।

५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो ।

फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो। रकेटको इन्धन ट्याङ्कीमा चाप सन्तुलन मिलाउन र इन्जिन सफा गर्न हिलियम ग्यास अनिवार्य मानिन्छ ।

३२२ फिट अग्लो एसएलएस रकेट र ओरियन स्पेसक्राफ्टलाई अब लन्च प्याडबाट फिर्ता लगेर ‘भेहिकल एसेम्बली बिल्डिङ’ मा राखिनेछ। प्याडमा राखेर मर्मत गर्न असम्भव भएकाले रकेटलाई ह्याङ्गरमा फर्काउन लागिएको हो ।


यसअघि मार्च ६ का लागि तय गरिएको प्रक्षेपण अब रद्द भएको छ। अब अप्रिल १ देखि ६ को बीचमा नयाँ मिति तय हुन सक्ने सम्भावना रहेको छ ।

प्रशासक आइज्याकम्यानले यो ढिलाइले टोलीमा निराशा छाए पनि सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् ।

यस १० दिने ऐतिहासिक यात्रामा तीन अमेरिकी रिड वाइजम्यान, भिक्टर ग्लोभर, र क्रिस्टिना कोच तथा एक क्यानेडियन यात्री जेरेमी ह्यान्सेन सहभागी हुनेछन् ।

अमेरिकाले चीनसँगको अन्तरिक्ष प्रतिस्पर्धाका बीच सन् २०३० अगावै पुनः मानवलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रूसी सिनेटरले युक्रेनी सरकारले जानीजानी नागरिक र बालबालिकाहरूलाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप लगाएका छन् । एनेर्गोदर स्थित एउटा विद्यालयमा युक्रेनी ड्रोनले आक्रमण गरेपछि रूसी पक्षबाट यस्तो कडा प्रतिक्रिया आएको हो । एनेर्गोदरका मेयर म्याक्सिम पुखोभका अनुसार एउटा युक्रेनी ड्रोन विद्यालयको आँगनमा रहेको रूखमा ठोक्किएर विस्फोट भएको थियो। उक्त समयमा विद्यालयमा ६०० ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् । यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक तनावलाई थप बढावा दिएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्याण्डमा धेरै मानिसहरू बिरामी परेको र उनीहरूको उचित उपचार नभएको दाबी गर्दै जहाज पठाएको बताएका छन्। यो ...
। ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) की सह-अध्यक्ष एलिस वेइडेलले युरोपमा स्थायी शान्तिका लागि रूससँगको सहकार्य अनिवार्य रहेको बताएकी छिन् । वर्तमान जर्मन सरकारको विदेश नीतिलाई ‘त्रुटिपूर्ण’ भन्दै उनले मस्कोसँगको सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएकी हुन् । चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमा रहेको सीभीयू/सीएसयू र एसपीडी गठबन्धनको कडा आलोचना गर्दै वेइडेलले वर्तमान सरकारको बाटो शान्तिपूर्ण नरहेको दाबी गरिन् । आफ्नो पार्टीले ...
। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानको आणविक कार्यक्रमका विषयमा भइरहेको कूटनीतिक प्रयासमा तेहरानको ‘वैधानिक अधिकार’ का पक्षमा मस्कोको दृढ समर्थन रहेको बताएका छन् । शुक्रबार इरानी विदेशमन्त्री सैयद अब्बास अराक्छीसँगको टेलिफोन वार्ताका क्रममा लाभरोभले उक्त धारणा राखेका हुन् । यो कूटनीतिक संवाद इरान र अमेरिकाबीच फेब्रुअरी १७, २०२६ मा जेनेभामा सम्पन्न दोस्रो चरणको अप्रत्यक्ष वार्ताको लगत्तै ...
। सन् २०१२ को गृहयुद्धका क्रममा बन्द गरिएको सिरियाको दमास्कसस्थित अमेरिकी दूतावास पुन: सञ्चालन गर्ने तयारी ट्रम्प प्रशासनले सुरु गरेको छ। यसबारे अमेरिकी प्रशासनले कंग्रेसलाई औपचारिक जानकारी गराएको छ। गत फेब्रुअरी १० मा राज्य विभागले पठाएको सूचना अनुसार, दूतावासका कार्यहरू चरणबद्ध रूपमा सुचारु गरिनेछ र यसका लागि आगामी हप्तादेखि बजेट परिचालन गरिनेछ। सन् २०२४ को डिसेम्बरमा शासक बसर ...