मुख्य समाचार
नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित
नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित

। नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन् ।

५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो ।

फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो। रकेटको इन्धन ट्याङ्कीमा चाप सन्तुलन मिलाउन र इन्जिन सफा गर्न हिलियम ग्यास अनिवार्य मानिन्छ ।

३२२ फिट अग्लो एसएलएस रकेट र ओरियन स्पेसक्राफ्टलाई अब लन्च प्याडबाट फिर्ता लगेर ‘भेहिकल एसेम्बली बिल्डिङ’ मा राखिनेछ। प्याडमा राखेर मर्मत गर्न असम्भव भएकाले रकेटलाई ह्याङ्गरमा फर्काउन लागिएको हो ।


यसअघि मार्च ६ का लागि तय गरिएको प्रक्षेपण अब रद्द भएको छ। अब अप्रिल १ देखि ६ को बीचमा नयाँ मिति तय हुन सक्ने सम्भावना रहेको छ ।

प्रशासक आइज्याकम्यानले यो ढिलाइले टोलीमा निराशा छाए पनि सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् ।

यस १० दिने ऐतिहासिक यात्रामा तीन अमेरिकी रिड वाइजम्यान, भिक्टर ग्लोभर, र क्रिस्टिना कोच तथा एक क्यानेडियन यात्री जेरेमी ह्यान्सेन सहभागी हुनेछन् ।

अमेरिकाले चीनसँगको अन्तरिक्ष प्रतिस्पर्धाका बीच सन् २०३० अगावै पुनः मानवलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम