मुख्य समाचार
ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा
ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको उपचारका लागि एउटा विशाल ‘हस्पिटल शिप’ पठाएको घोषणा गरेका छन् ।

यस कदमलाई उनले मानवीय सहायताको नाम दिए पनि यसले डेनमार्कसँगको कूटनीतिक तनावलाई थप बढावा दिएको छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ग्रिनल्याण्डमा धेरै मानिसहरू बिरामी परेको र उनीहरूको उचित उपचार नभएको दाबी गर्दै जहाज पठाएको बताएका छन्।

यो मिशन लुजियानाका गभर्नर तथा ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूत जेफ ल्यान्ड्रीसँगको समन्वयमा अघि बढाइएको हो ।

सन् २०२५ को अन्त्यदेखि नै ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने इच्छा व्यक्त गर्दै आएका छन्। यसअघि उनले ग्रिनल्याण्ड नदिएमा डेनमार्कमाथि भारी भन्सार शुल्क लगाउने चेतावनी समेत दिएका थिए।

डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूले ट्रम्पको यस प्रस्तावलाई बारम्बार अस्वीकार गर्दै “ग्रिनल्याण्ड बिक्रीका लागि होइन” भन्दै आएका छन् ।

अमेरिकी अस्पताल जहाज कुन आधारमा पठाइएको हो र यसका लागि अनुमति लिइएको छ वा छैन भन्नेबारे डेनमार्कले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

यो घटनालाई विज्ञहरूले ग्रिनल्याण्डमा अमेरिकी प्रभाव बढाउने ‘सफ्ट पावर’ रणनीतिको रूपमा हेरेका छन्। सन् २०२६ को सुरुवातमै ट्रम्पले ग्रिनल्याण्ड नियन्त्रणका लागि बल प्रयोग गर्न सक्ने संकेत दिएपछि नेटो सहयोगी राष्ट्रहरूबीच खैलाबैला मच्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम