मुख्य समाचार
फागनु २१ गते हुने निर्वाचनले मुलुकको संकट समाधान नगर्ने
फागनु २१ गते हुने निर्वाचनले मुलुकको संकट समाधान नगर्ने

। नेपाल कम्युनिष्ट पार्टी संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालले फागनु २१ गते हुने निर्वाचनले मुलुकको संकट समाधान नगर्ने बताएका छन् ।

उनले पूराना नेताहरुको नालायकी बोकेर हुने निर्वाचनले अंकगणितमा परिवर्तन ल्याएपनि मुलुकको संकट समाधान गर्न नसक्ने बताए ।

शनिबार बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै उनले फागुन २१ को चुनाव आवश्यकता नभई बाध्यता भएको बताए ।

‘यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको हो’–उनले भने–‘ मुलुकमा केही समयदेखि उकुसमुकुस थियो, जेनजी आन्दोलनपछि पनि त्यही समस्या बोकेर निर्वाचन हुन लागेकाले मुलुकको संकट समाधान हुँदैन ।’

नयाँ र पूराना कुनैले पनि जनताको माग सम्बोधन नगर्ने बताउँदै भूसालले निर्वाचनपछि झन समस्या आउन सक्ने बताए । उनले राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको बताए ।

गौरिबहादुर कार्की नेतृत्वको आयोगले पनि यथार्थ उजागर नगर्ने उनको भनाइ छ । भूसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताए ।

मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गरे ।

उनले ओली, देउवा, प्रचण्ड र माधवकै नालायीका कारण मुलुकको वर्तमान अवस्था सृजना भएको बताए ।

अध्यक्ष भूसालले राजनीतिक पार्टीको नेतृत्वमै समस्या रहेको बताए । उनले नेपाली कांग्रेसमा गगन थापाको नेतृत्वले देउवाको विकल्प खोजेको बताउँदै कम्युनिष्ट पार्टीहरुमा केपी ओली र प्रचण्डले कुर्सी छाडेको दिन कम्युनिष्ट पार्टीहरुबीच एकता हुने बताए ।

‘कमरेड ओली र कमरेड प्रचण्डले एक्टिभ पोलिटिक्समा रहन्न भनेको दिन लेफ्ट मुभमेन्ट एक हप्तामा एक हुन्छ’, भूसालले भने ।

नीति, सिद्धान्तका हिसाबले अलग हुनुपर्ने कुनै कारण नरहेको बताउँदै नेतृत्वमा मात्रै समस्या रहेको बताए । प्रचण्ड नेतृत्वको नेकपा माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी ढोकाबाट नभई व्यक्तिगत स्वार्थका कारणले झ्यालबाट एकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल घर भएका १८ वर्षीय मेन्सुहाङ राई, बूढानीलकण्ठका १८ वर्षीय समीर तामाङ, खोटाङका १८ वर्षीय प्रज्वल राई र दोलखाका १८ वर्षीय जनम तामाङ छन् । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई चोरीका ३ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
। २० वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति भारतबाट परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइजबाट पक्राउ गरेर ल्याएको हो । उनीमाथि शृंखलाबद्ध रुपमा तीन व्यक्तिको हत्या गरेको आरोप छ । पछिल्लो पटक १७ चैत २०८० मा नेपालगञ्ज–२१ गंगारामपुर्वास्थित आफ्नो ...
। निर्वाचन सुरक्षा अनुगमनका लागि सशस्त्र प्रहरी बलले २३ एसएसपीलाई खटाउने भएको छ । सशस्त्र हेडक्वाटर हल्चोकले भोलि सोमबारदेखि २३ एसएसपीलाई अनुगमनका लागि खटाउन लागेको हो । उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेश स्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई भर्चुअल माध्यमबाट आज आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले विशेष निर्देशन दिएका ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्‍याली निकालिएको छ । आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै र्‍याली निकालेका हुन् । उनीहरूले प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै सरकार विरोधी नारा समेत लगाएका थिए । प्रसाईंलाई ४ फागुनमा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । माइतीघर मण्डलाबाट सुरु भएको ...
यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री स्याङ्जा आइपुगेको छ