मुख्य समाचार
गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा
गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा

। गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।

साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेद सहित २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक सिताराम रिजालका अनुसार नियन्त्रणमा लिइएकाहरुलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

तनावका कारण शनिबार दिउँसो १ बजेबाट शुरु भएको कर्फ्यु प्रशासनले अझै जारी राखेको छ । बिहीबार साँझ दुई पक्षबीचको विवादबाट शुरु भएको झगडाका कारण गौर तनावग्रस्त बनेको थियो ।

अवस्था संवेदनशील रहेकाले गौर नगरक्षेत्रमा आठ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र समेटेर कर्फ्यु आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तस्करी, अवैध ओसारपसार र क्रस बोर्डर अपराधलाई नियन्त्रण गर्न सीमामा नाइट भिजन क्यामेरा र ड्रोनबाट निगरानी गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । २१ फागुनको निर्वाचनका लागि सार्वजनिक वाचापत्रमा रूपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरू छ । जसमा सीमामा निगरानी गर्ने लगायतका विषय समेटिएका छन् । नेपालको भौगोलिक अखण्डता ...
। पाँच दिनको प्रयासपछि मनाङमा हिउँ पन्छाएर सुरक्षाकर्मीले बाटो बनाएका छन् । नार्पाभूमि गाउँपालिका विभिन्न स्थानहरुमा परेको हिउँ हटाएर बाटो बनाइएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट बाटो खुलाइएको छ । यो गाउँपालिकास्थित छ्याँसे, मेता र च्याखुँ अन्तर्गतका बाटोहरु हिउँले पुरी अवरुद्ध भएका थियो । सो बाटोहरुमा हिउँ जमेको कारण सामान ढुवानीको ...
। रौतहटको गौरमा दुई समुदायबीच तनाव सिर्जना भएपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदी मधेश पुगेका छन् । केन्द्रीय सुरक्षा समितिको निर्णयपछि कार्य विभागका चुतुर्वेदी मधेश पुगेका हुन् । उनले त्यहाँ पुगेर स्थितीको वस्तुनिष्ठ विश्लेषण गरी प्रहरीलाई निर्देशन दिनुका साथै सद्भाव कायम राख्न छलफल गर्ने बताइएको छ । अहिले मधेशमा एआईजी चतुर्वेदीले यसैको काम थालनी गरेका छन् । ...
। देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको बताए । ‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् । बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन्,’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग ...