मुख्य समाचार
रूसी सिनेटरले युक्रेनी सरकारले जानीजानी नागरिक र बालबालिकाहरूलाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप
रूसी सिनेटरले युक्रेनी सरकारले जानीजानी नागरिक र बालबालिकाहरूलाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप

। रूसी सिनेटरले युक्रेनी सरकारले जानीजानी नागरिक र बालबालिकाहरूलाई निशाना बनाएर शान्ति सम्झौतामा ढिलाइ गर्न खोजेको आरोप लगाएका छन् । एनेर्गोदर स्थित एउटा विद्यालयमा युक्रेनी ड्रोनले आक्रमण गरेपछि रूसी पक्षबाट यस्तो कडा प्रतिक्रिया आएको हो ।

एनेर्गोदरका मेयर म्याक्सिम पुखोभका अनुसार एउटा युक्रेनी ड्रोन विद्यालयको आँगनमा रहेको रूखमा ठोक्किएर विस्फोट भएको थियो। उक्त समयमा विद्यालयमा ६०० बालबालिका र १०० कर्मचारीहरू रहेका थिए । यस घटनामा कोही पनि घाइते भने भएनन् ।

सिनेटर इगोर कास्त्युकेविचले खेरसन क्षेत्रको बेख्तेरी गाउँमा भएको अर्को आक्रमणको चर्चा गर्दै, विद्यालय समयमा भएको उक्त प्रहारमा २५ जना घाइते भएको जानकारी दिएका छन् ।

रूस, अमेरिका र युक्रेनबीच फेब्रुअरी १७-१८ मा जेनेभामा तेस्रो चरणको वार्ता भए लगत्तै यी आक्रमणहरू भएका हुन्। रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्कीले वार्तालाई ‘कठिन तर व्यावसायिक’ भनेर टिप्पणी गरेका छन् ।

रूसी अधिकारीहरूले युक्रेनी सेनाले नागरिक क्षेत्रमा ड्रोन पठाएर आतंक फैलाउन खोजेको दाबी गरेका छन्। यसअघि अबु धाबी र जेनेभामा भएका वार्ताहरूले ठोस नतिजा निकाल्न नसकिरहेका बेला युद्ध मैदानमा तनाव थप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...