मुख्य समाचार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताए
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताए

। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताएका छन् ।

उनले भूमि, मालपोत र नापी जस्ता क्षेत्रहरू आम सर्वसाधारणको मुख्य सरोकारको विषय भएकोले यी क्षेत्रमा सुशासन कायम गर्नसके सकारात्मक सन्देश जाने र राजश्व पनि वृद्धि हुने बताए ।

आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री इङ्नामले विदेशमा नागरिक पलायन हुनुको कारक यहाँको सरकारी सेवा प्रभावकारी नहुनु पनि एक रहेको बताए ।

भूमि, मालपोत, नापीमा सर्वसाधरणको सरोकार भएको ठाउँ भएको र ती अड्डाहरूमा घुसको लेनदेन हुँदा आम सर्वसाधरण निराश बनिररहेको उनको भनाइ छ ।

उनले भूमि, मालपोत, नापीमा सुशासन कायम राख्न जरुरी रहेको बताए ।

मन्त्री इङ्नामले भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलरको बारेमा पनि उल्लेख गर्दै यसले राजस्वमा करिब ५० अर्ब रुपैयाँको फरक पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनमा लैजाने तयारी गरेको छ । दुई दशकदेखि बहस र अध्ययनको विषय बनेको यो एजेन्डालाई सरकारले हालै ‘इथानोल मिश्रण सम्बन्धी आदेश २०८२’ स्वीकृत गर्दै अघि बढाउन खोजेको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ ...
। काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । दुलाल महर्जनलाई शुभम ...
। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दामा दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यो भ्रष्टाचार प्रकरणमा जोडिएका दिपकचन्द्र अमात्य र सुरेश आचार्यलाई साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । उनीहरू नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिको बैठकमा ...
। डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तस्करी, अवैध ओसारपसार र क्रस बोर्डर अपराधलाई नियन्त्रण गर्न सीमामा नाइट भिजन क्यामेरा र ड्रोनबाट निगरानी गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । २१ फागुनको निर्वाचनका लागि सार्वजनिक वाचापत्रमा रूपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरू छ । जसमा सीमामा निगरानी गर्ने लगायतका विषय समेटिएका छन् । नेपालको भौगोलिक अखण्डता ...