मुख्य समाचार
तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह
तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह

। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन् ।

गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताए ।

उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने बताए । अझै पनि केही उम्मेदवाहरूले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको बताउँदै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न उनले सुझाव दिए ।

उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने बताए ।

अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनको भनाइ छ ।

निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्‍याउँदै उनले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नबन्ने जिकिर गरे ।

राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचारप्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ ।

नयाँ पुराना सबै शक्तिहरुले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उनको दाबी छ ।

नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने उनले बताए ।

निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारे ।

‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि नचाहिने हल्लाहरू गर्न सक्छन्, उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन् । अब निर्वाचनको वातावरण बिथोलिने वातारण बन्दैन । जसरी पनि निर्वाचन सम्पन्न हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनमा लैजाने तयारी गरेको छ । दुई दशकदेखि बहस र अध्ययनको विषय बनेको यो एजेन्डालाई सरकारले हालै ‘इथानोल मिश्रण सम्बन्धी आदेश २०८२’ स्वीकृत गर्दै अघि बढाउन खोजेको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ ...
। काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । दुलाल महर्जनलाई शुभम ...
। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दामा दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यो भ्रष्टाचार प्रकरणमा जोडिएका दिपकचन्द्र अमात्य र सुरेश आचार्यलाई साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । उनीहरू नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिको बैठकमा ...
। डोटीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद गम्भीर घाइते छन् । ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तस्करी, अवैध ओसारपसार र क्रस बोर्डर अपराधलाई नियन्त्रण गर्न सीमामा नाइट भिजन क्यामेरा र ड्रोनबाट निगरानी गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । २१ फागुनको निर्वाचनका लागि सार्वजनिक वाचापत्रमा रूपान्तरणका लागि नीतिगत प्रस्थानका एक सय आधारहरू छ । जसमा सीमामा निगरानी गर्ने लगायतका विषय समेटिएका छन् । नेपालको भौगोलिक अखण्डता ...