मुख्य समाचार
निर्वाचन सुरक्षा अनुगमनका लागि सशस्त्र प्रहरी बलले २३ एसएसपीलाई खटाउने
निर्वाचन सुरक्षा अनुगमनका लागि सशस्त्र प्रहरी बलले २३ एसएसपीलाई खटाउने

। निर्वाचन सुरक्षा अनुगमनका लागि सशस्त्र प्रहरी बलले २३ एसएसपीलाई खटाउने भएको छ ।

सशस्त्र हेडक्वाटर हल्चोकले भोलि सोमबारदेखि २३ एसएसपीलाई अनुगमनका लागि खटाउन लागेको हो ।

उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेश स्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई भर्चुअल माध्यमबाट आज आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले विशेष निर्देशन दिएका छन् ।

उनले निर्वाचनको समय अगावै, निर्वाचको समय र निर्वाचन पश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका छन् ।

महानिरीक्षक अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरू आईपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरू र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिएका छन् ।

निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामण्डरहरूसँग समन्वय, सबै उम्मेदवारहरूसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने काम बारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउनको साथै निर्वाचन प्रहरीहरूलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरूको सेवा सुविधमा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्न समेत निर्देशन दिए ।

सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न समेत उनले निर्देशन दिएका छन् ।

निर्वाचन बिथोल्न खोज्नेहरूको पहिचाहन गरी सोही अनुसारको रणनीति बनाउन र कानुन अनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमान्डरहरूलाई स्पष्ट हुन समेत महानिरीक्षक अर्यालले निर्देशन दिए ।

सोमबारबाट देशका ७७ वटै जिल्लामा अनुगमनमा जाने बरिष्ठ अधिकृतहरूले फिल्ड र मुख्यालय बीच समन्वयात्मक भूमिका समेत निर्वाह गर्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी बिष्णुप्रसाद भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएका छन् । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि २ चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको हो । तेस्रो चरणमा अब थप ८ वटा वडाहरूको मौलिक र प्राचीन नाम अध्ययन गर्ने ...
। नरेश भण्डारी जुम्लाका लागि नयाँ नाम होइन । भण्डारी तिनै व्यक्ति हुन्, जो २०६४ सालको निर्वाचनमा २९ वर्षकै उमेरमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ सालमा प्रदेशसभा सदस्य जितेर कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका भण्डारी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट प्रतिस्पर्धा गर्दैछन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार भण्डारी यतिबेला मतदाताका ...
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील पार्टी भएको दाबी गरेका छन् । उनले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्न आफ्नो पार्टी स्थापना भएको बताए । आइतबार पार्टीले रुपन्देहीको भैरहवामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले टेस्टेड पार्टीहरू नयाँ नभएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणमा आएपछि ...
। सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनमा लैजाने तयारी गरेको छ । दुई दशकदेखि बहस र अध्ययनको विषय बनेको यो एजेन्डालाई सरकारले हालै ‘इथानोल मिश्रण सम्बन्धी आदेश २०८२’ स्वीकृत गर्दै अघि बढाउन खोजेको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ ...
। काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि एउटा घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । दुलाल महर्जनलाई शुभम ...