मुख्य समाचार
अनुमति बिना ‘खामोश’ संवाद प्रयोग गर्न नपाइने
अनुमति बिना ‘खामोश’ संवाद प्रयोग गर्न नपाइने

दशकौँपछि पनि प्रशंसकको मनपर्ने बनेको आफ्नो चर्चित संवाद ‘खामोश’ का कारण परिचित बलिउड अभिनेता शत्रुघ्न सिन्हाले व्यक्तित्व अधिकारको मुद्दामा राहत पाएका छन् । भारतीय संचारमाध्यमका अनुसार मुम्बई उच्च अदालतले उक्त ‘खामोश’ संवाद सिन्हाको व्यक्तित्वसँग ‘विशेष रूपमा जोडिएको’ ठहर गरेको छ ।

अदालतले उनको अनुमति बिना उनको नाम, तस्वीर वा अन्य व्यक्तिगत पहिचान प्रयोग गरेर अनलाइन सामग्री बनाउन पनि प्रतिबन्ध लगाएको छ ।

उच्च अदालतले भनेको छ, ‘वादी (सिन्हा) ले आफ्नो एक फिल्ममा विशिष्ट र फरक शैलीमा प्रस्तुत गरेको ‘खामोश’ भन्ने अभिव्यक्ति उनको व्यक्तित्वसँग मात्र सम्बन्धित रहेको कुरा थप पुष्टि गर्नुपर्ने आवश्यकता नै छैन ।’

सिन्हाले दायर गरेको निवेदनमा अन्तरिम आदेश दिँदै न्यायाधीश शर्मिला देशमुखले फेब्रुअरी १६ मा सबै वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्मलाई यस्ता सामग्री तुरुन्त हटाउन निर्देशन दिएकी थिइन् । साथै भविष्यमा पनि बिना अनुमति यस्ता सामग्री अपलोड गर्न रोक लगाइएको छ । आदेशको विस्तृत प्रति भने शनिबार (फेब्रुअरी २१) सार्वजनिक भएको हो ।

अधिवक्ता हिरन कामोदमार्फत दायर गरिएको निवेदनमा वरिष्ठ अभिनेताको व्यक्तित्व अधिकार संरक्षण र उनको नाम, तस्वीर तथा ‘खामोश’ जस्तो चर्चित संवादसहित अन्य व्यक्तिगत पहिचान बिना अनुमति प्रयोग नगर्न स्थायी आदेश माग गरिएको थियो ।

अदालतले आफ्नो आदेशमा अभिनेता सिन्हाको संवाद प्रस्तुत गर्ने शैली नै विशेष रहेको र पर्दामा ‘खामोश’ भन्ने उनको अनौठो तरिका विशेष रूपमा चिनिने उल्लेख गरेको छ ।

अदालतले आदेशमा अघि भनेको छ- प्रारम्भिक दृष्टिमा सिन्हाको नाम, स्वरूप, तस्वीर, व्यक्तित्व आदि संरक्षण योग्य देखिन्छन् । किनकि उनको नाम र तस्वीर दुरुपयोग भएको सम्बन्धमा उनले पेश गरेका सामग्रीले व्यक्तित्व अधिकार, सार्वजनिक अधिकार उल्लङ्घन र गोपनीयतामाथि अतिक्रमण भएको संकेत गर्छ ।’

यस्ता सबै अनलाइन सामग्री हटाउन आदेश दिँदै अदालतले सिन्हाको निवेदनको थप सुनुवाइका लागि मार्च ३० को मिति तोकेको छ ।

आदेशमा डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत व्यावसायिक लाभका लागि, विशेषगरी चर्चित व्यक्तिको हकमा, व्यक्तित्व अधिकारको अनधिकृत प्रयोग बढ्दै जाँदा यसको अवधारणाले झन् महत्व पाउँदै गएको पनि उल्लेख गरिएको छ ।

अदालतले टिप्पणी गर्दै भनेको छ, ‘व्यक्तित्व अधिकारमा आफ्नै नाम, शैली, आवाज, व्यक्तित्व आदिको विशेष प्रयोग गर्ने अधिकार समेटिन्छ । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै डिजिटल माध्यममा डिजिटल नक्कली सामग्री (फोर्जरी) बढ्दै गएकाले व्यक्तित्व अधिकार उल्लङ्घनका घटना पनि देखिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम